२० बैशाख २०८३, आइतबार

प.सं.०७७/०७८, च.नं:५५८, मिति: २०७८/०२/२१

बिषय: अक्षयकोषमा रकम दाखिला गर्न सकिने बारे सूचना ।

प्रस्तुत सम्बन्धमा मिति २०७८/०१/२० गते श्री लाल कुमार राई ज्यू द्वारा श्री प्राथमिक स्वास्थ्य केन्द्र चतरा बराहक्षेत्र न पा: २ मार्फत संचालन हुने गरि नगद रु.२,००,०००/- (अक्षरेपि दुई लाख रुपैयाँ मात्र) को “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” स्थापना पश्चात सो अक्षयकोषमा अन्य सहयोगी महानुभाबहरुद्वारा थप रकम प्राप्त भई मिति २०७८/०२/२१ गते शुक्रबार सम्ममा यस अक्षयकोषको कुल धनराशी जम्मा रु.२,५४,०००/- भएको जानकारी गराउदै यस अक्षयकोषमा सहयोग गर्न ईच्छुक महानुभाबहरुले निम्नानुसार रकम जम्मा गर्न सकिने व्यहोरा निबेदनका साथ हार्दिक अपिल गर्दछौँ ।

अक्षयकोषको नाम:-                   “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष”

अक्षयकोष समितिका अध्यक्ष:-    श्री लाल कुमार राई, बराहक्षेत्र न पा: २, सुनसरी ।

अक्षयकोषको मूल उधेश्य:-          बराहक्षेत्र न पा वडा नं १ र २ (साबिक बराहक्षेत्र गा.बि.स.) निबासी क्यान्सर पिडितहरु एवं अति विपन्न परिवारहरुका लागि स्वास्थ्य उपचारमा राहत एवं सहायता गर्ने हो ।

अक्षयकोषको खाता विवरण:- PSO २३०६, “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष”,                               श्री चतरा सामुदायीक बहूदेशीय सहकारी संस्था लि., बराहक्षेत्र न पा: २, सुनसरी ।

अक्षयकोषमा रकम जम्मा गर्ने बैकल्पिक बैंक खाता विवरण:

बैंक खाताको नाम:- प्राथमिक स्वास्थ्य केन्द्र चतरा, बैंक नाम:-  राष्ट्रिय बाणिज्य बैंक, धरान, सुनसरी

Connect IPS वा Mobile Banking को लागि:-  Prathamik Swastha Kendra Chatara

बैंक खाता नं:-                 २१६०१००००४६६८००१            (2160100004668001)

Esewa वा IME बाट समेत यसमा सहयोग गरी सहभागी हुन सकिनेछ ।

थप जानकारी एबम समन्वयका लागि निम्न महानुभाबहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ:-

  • श्री लाल कुमार राई, अध्यक्ष: अक्षयकोष समिति: ९८४२१६३७२३, ९८२४३२८९४८
  • श्री हरिकृष्ण भट्टराई, अध्यक्ष: प्रा स्वा के चतरा: ९८५२०५५८६४, ९८०५३३०६८६
  • डा अनिल गिरी, ब्यबस्थापक: प्रा स्वा के चतरा: ९८५६०६३३३१, ९८०१२०५९५०

हालसम्म अक्षयकोषमा सहयोग गर्नुहुने सबै महानुभाबहरु प्रति सम्मान पुर्बक हृदयदेखि नै हार्दिक नमन गर्दछौँ ।

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]