चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको वेब साइट भिजिट गर्नु हुने सम्पूर्ण सज्जनबृन्द महानुभावहरुमा नमस्कार ।
बि.सं. २०२९/०३/२५ (प्राप्त विवरण अनुरुप) देखि इलाका स्वास्थ्य चाैकीकाे रूपमा सञ्चालन हुँदै आएकाे यस संस्था मिति २०५६/१०/२१ गते बाट प्राथिमक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको थियो । मिति २०७४/०८/०१ गते प्राथिमक स्वास्थ्य केन्द्र चतरालाई नेेपाल सरकारबाट स्थानिय सरकार (बराहक्षेत्र नगरपालिका) लाई औपचारिक रुपमा हस्तान्तरण भएको थियो । संघीय सरकार द्वारा १५ शैयाको अस्पतालमा स्तरोन्नतिका लागि सुचिकृत गरी १५ शैयाको आधारभूत अस्पतालको नयाँ भवन समेत निर्माण भईरहेको अवस्थामा श्री बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालयको मिति २०७८/०५/०१ को निर्णयानुसार १५ शैयाको अस्पतालमा स्तरोन्नतिको निर्णय भई मिति २०७८/१०/२५ गते देखि चतरा अस्पतालको रुपमा औपचारिक घोषणा भई सोहि अनुसार स्वास्थ्य सेवा उपलब्ध गर्दै आईरहेको छ ।
भाैगाेलिक हिसाबले सुनसरी, उदयपुर, भाेजपुर र धनकुटा जिल्लाका सेवाग्राहीहरूलाई सेवा दिँदै आएकाे यस केन्द्रले संघीय, प्रादेशिक र स्थानीय सरकार द्वारा संचालित नियमित सेवासुविधा भन्दा बाहेक पनि बिभिन्न सेवासुबिधाहरु र भएकै सेवासुबिधाहरु पनि सबैलाई सहज हुने समय सम्म उपलब्ध गराईरहेको छ ।
सरकारी स्वास्थ्य संस्थाहरू मध्ये हरेक दिन (सार्बजनिक बिदाका दिनमा समेत) “बिहान ७ बजे बाट बेलुका ८ बजे सम्म निःशुल्क ओ. पि.डी. सेवा” सञ्चलन गर्ने नेपाल कै पहिलाे सरकारी स्वास्थ्य संस्थाकाे रूपमा यस संस्थालाइ चिनिने गरिन्छ । मिति २०७५/०५/०१ गते नगर प्रमुख एबं संरक्षक श्री निलम खनाल ज्यू र अध्यक्ष श्री हरिकृष्ण भट्टराई ज्यू द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको यस बिस्तारित सेवा संचालन पछि बिशेष गरि ज्याला/मजदुर बर्ग, बिद्यार्थी बर्ग, कर्मचारी बर्ग र ब्यापार ब्यबसायी बर्गलाई अत्यधिक लाभ मिलेको र समस्त स्थानीयलाई राहत मिलेको देखिन्छ ।
यहाहरुको सल्लाह सुझाव र सहयोगको अपेक्षाका साथ धन्यबाद ।
चतरा अस्पताल
साबिक
प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।