०४ साउन २०८२, शनिबार

सम्पूर्ण महानुभावहरुमा हार्दिक नमन गर्दछु ।

यस चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरामा ‘स्थानीय स्वास्थ्य संस्था ब्यबस्थापन समिति गठन आदेश: २०७५’ जारी भए पश्चात ब्यबस्थापन समिति द्वारा गरिने कामहरुको स्थायित्वको लागि ‘संगठन तथा ब्यबस्थापन सर्बेक्षण’ भई स्थानीय सरकारद्वारा अनुमोदन गरि ब्यबस्थापन समितिद्वारा ब्यबस्थापन हुने गरि बिभिन्न पदहरुमा आज समितिका कर्मचारीहरु कार्यरत छन् । संघीय, प्रादेशिक र स्थानीय सरकार  द्वारा संचालित नियमित सेवासुविधामा स्थानीय आवश्यकता अनुरुपका थप सेवासुबिधहरु ब्यबस्थापन गर्न र तिनै तहका सरकार द्वारा संचालित नियमित सेवासुबिधहरुको समेत निरन्तरता दिदै स्थानीय सेवाग्राहीहरूमा सरकारी स्वास्थ्य संस्था प्रति थप आकर्षण एबम जबाफदेही बनाउने हामी सबैको साझा उद्देश्य हो । भएका श्रोत साधनको अधिकतम प्रयोग र स्थानीय बर्गको स्वैच्छिक सहभागिताले स्थानीय स्वास्थ्य आवश्यकता पूर्ति गर्ने तर्फ सबै एकजुट हुन आवश्यक छ । स्वास्थ्य बिमा कार्यक्रमलाई जन:जन मा पुर्याउने र स्वास्थ्य बिमा मार्फत नै सबै बर्गका सेवाग्राहीहरूलाई निशुल्क वा कम शुल्कमा स्वास्थ्य सेवा सुबिधा उपलब्ध गराउनु नै यस संस्थामा आबद्ध समस्त टिमको मूल उद्देश्य हो ।

यस अस्पताललाई यस स्थान सम्म ल्याउन बिशेष भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण ब्यबस्थापन समिति, नि. ब्यबस्थापन समिति, नि. सल्लाहकार समिति, चिकित्सक, कर्मचारी, महिला स्वयंसेबिका, समाजसेबी, बुद्धिजिबी, पत्रकार एबम समस्त स्थानीय महानुभावहरुमा सदैब यसै गरि एक जुट भई काम गर्ने मौका दिनुहुनेछ भन्ने पूर्ण बिस्वस्त हुँदै सदैब ईमान्दार एबम जवाफदेहिता सहित काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

धन्यवाद ।

डा नबीन अधिकारि

नि. मे.सु. एवम् म्यानेजिंग डाईरेक्टर

चतरा अस्पताल ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]