बराहक्षेत्र नगर बासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनी, स्वदेश तथा विदेशबाट यो वेब साइड भिजिट गर्नु हुने सम्पूर्ण स्वदेशी तथा विदेशी शुभ चिन्तक महानुभावहरुमा वराहक्षेत्र नगरपालिकाको तर्फबाट हार्दिक नमन गर्दछु।
बाँच्नका निम्ति गास, बास, कपास पछि आउने स्वास्थ्य नै हो । बराहक्षेत्र नगरपालिकामा रहेका स्वास्थ्य संस्था मध्य एक चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरा पनि हो जसले सुनसरी, भोजपुर, उदयपुर, धनकुटा र धरान देखिका सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ । यस अस्पतालले यस क्षेत्रका बासिन्दाहरुमा आफ्नो श्रोत र साधनले भ्याएसम्मका सेवा सुबिधा दिईरहेको छ । यस अस्पताल द्वारा नियमित सेवा सुबिधा भन्दा बाहेक हरेक दिन (सार्बजनिक बिदाको दिनमा समेत) “बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म निःशुल्क ओ.पी. डी. सेवा”, २४ सै घण्टा ईमर्जेन्सी, २४ सै घण्टा फार्मेसी, २४ सै घण्टा ल्याब लगाएतका सेवा संचालन गरिरहेको छ, जसले गर्दा स्वास्थ्य क्षेत्रमा बराहक्षेत्र नगरपालिकाले यसलाई नमुना र गौरबको रुपमा लिएका छौ । यसका लागि बिशेष: यस चतरा अस्पतालका व्यवस्थापन समिति, नि. ब्यबस्थापन एबम सल्लाहकार समिति, सम्पूर्ण चिकित्सक कर्मचारीबर्ग, महिलास्वमसेविका, स्वास्थ्य बिमा दर्ता सहयोगी, स्थानीय, समाजसेबी, बुद्धिजिबी, पत्रकार महानुभाव सबैमा हार्दिक आभार प्रकट गर्न चहान्छु । यस अस्पताललाई आवश्यक पर्ने सबै किसिमका सहयोगका लागि बराहक्षेत्र नगरपालिका सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै यस अस्पतालको सदैब उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
रमेश कार्की
नगर प्रमुख एबम संरक्षक
चतरा अस्पताल