बिषय: मौजुदा सुची दर्ता गराउने सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/०९ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति र खरिद समितिको मिति २०८०/५/०९ गतेको बैठक निर्णयानुसार चतरा अस्पतालमा आ.ब.२०८०/०८१ का लागि आवश्यक पर्ने निम्न किसिमका सामाग्री तथा सेवाहरुका लागि सार्बजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम निम्न उल्लेखित कागजपत्र सहित मौजुदा सुची दर्ता गर्नका लागि सम्बन्धित सबैको लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
खरिद आपूर्ति तथा मर्मत सम्बन्धि:
१) स्टेशनरी कार्यालय सामान तथा मसलन्द सामाग्रीहरुको आपूर्ति सम्बन्धि कार्य,
२) कार्यालय छपाई सम्बन्धि सामानहरु (प्रेस पत्रपत्रिका र अन्य) छाप्ने कार्य,
३) ईलेक्ट्रोनिक्स (कम्पुटर प्रिन्टर लगाएत) सामानहरु आपुर्ती तथा मर्मत सम्बन्धि कार्य,
४) फर्निचर तथा फर्निसिंगका सामानहरु आपुर्ती तथा मर्मत सम्बन्धि कार्य,
५) पुस्तक तथा पत्रपत्रिका आपुर्ती सम्बन्धि कार्य,
६) सवारी साधन (गाडी मोटरसाईकल) जेनेरेटर पार्टपुर्जाहरु आपूर्ति तथा मर्मत सम्बन्धि कार्य,
७) बिधुतिय सामाग्रीहरु आपूर्ति तथा मर्मत सम्बन्धि कार्य,
८) निर्माण हार्डवेयर प्लम्बिंग तथा रंगरोगन कार्यहरु तथा अन्य निर्माण सम्बन्धि सामाग्रीहरु आपूर्ति तथा मर्मत सम्बन्धि कार्य,
९) सरसफाई सम्बन्धि समानहरु खरिदको लागि,
१०) ईन्टरनेट सेवा सुचिकृत फर्म तथा सप्लायर्सहरु ईन्टरनेट जडान सम्बन्धि कार्य,
११) ल्याब केमिकल आपूर्ति एबम मेसिन मर्मत सम्बन्धि कार्य,
१२) एक्सरे फिल्म, ई सी जी, अल्ट्रासाउण्ड, माईक्रोस्कोपी, डेन्टलका लागि आवश्यक सामाग्रीहरु एबम स्पेयर्स पार्टपुर्जा लगाएत आपूर्ति एबम मर्मत सम्बन्धि कार्य,
१३) औषधि एबम सर्जिकल सामाग्रीहरु आपूर्ति गर्न,
१४) मेडिकल उपकरणहरु आपूर्ति एबम मर्मत सम्बन्धि कार्य,
१५) अस्पतालसंग सम्बन्धित अन्य सेवाहरु भए उल्लेख गर्ने ।
सुची दर्ताका लागि पेश गर्नुपर्ने कागजातहरु:
१) निबेदन: सार्बजनिक खरिद नियमावलीको नियम १८ को उपनियम १ संग सम्बन्धित “मौजुदा सुचिमा दर्ता हुनका लागि दिईने निबेदको ढांचा” अनुसूची २ क अनुसार हुनुपर्नेछ,
२) निवेदनमा अनिवार्य रुपमा प.सं र च.न, छाप, आधिकारिक व्यक्तिको नाम पद र दस्तखत हुनुपर्ने,
३) फर्म वा कम्पनि दर्ता प्रमाणपत्रको प्रतिलिपि,
४) स्थाई लेखा नं (PAN) वा मुल्य अभिबृद्धि कर (VAT) दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
५) आ.ब.२०७९/०८० को करचुक्ता प्रमाणपत्र वा म्याद थपको पत्रको प्रतिलिपि,
६) प्रोप्राईटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
७) कालोसुचिमा नपरेको स्व-घोषणा पत्र,
८) आपूर्ति गरेका सामाग्रीहरुको बिक्रि पछी सेवा दिन सक्ने प्रत्याभूतिको कागजपत्र,
९) अस्पतालमा सेवा प्रबाह गरको भए सो अनुभब खुल्ने कागजपत्र,
१०) निवेदकले एक भन्दा बढी सामाग्री आपूर्ति वा सेवामा सुची दर्ता गर्न चाहेमा निवेदनमा स्पस्ट रुपमा सम्बन्धित बुंदा र बिषय उल्लेख गर्नुपर्नेछ ।
थप जानकारीका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।
https://m.facebook.com/story.php?story_fbid=pfbid02qW2MNCisQxAG3Jnc3QKtUDQGee5fEp8ePzgBaA5fTmQ9d1tSE2hPrH2qXbu255JFl&id=100063601440547&mibextid=Nif5oz

