२२ जेठ २०८३, शुक्रबार

बिषयचमेनागृह संचालन बारे सूचना।

प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल (प्रथम पक्ष) को परिसरमा रहेको भवनमा  चमेनागृह संचालन गर्न  चमेनागृह संचालक (दोश्रो पक्ष) छनौट गर्नका लागि निम्न सर्तहरु सहित सार्बजनिक सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८३/०२/१३ गतेको निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ।

शर्तहरु:

१) चमेनागृहमा दोश्रो पक्षले गुणस्तरीय स्वस्थकर खाजा खानाको ब्यबस्था गर्नुपर्नेछ,

२)चमेनागृहमा अस्पतालका डिउटीमा रहनुहुने कर्मचारी, प्रसुती विभागमा आउनुहुने सेवाग्राहीहरु र निज सेवाग्राहीहरुका कुरुवाहरु एबम अस्पतालका अतिथिहरुलाई प्राथमिकता दिई सेवा दिनुपर्नेछ,

३) दोश्रो पक्षले चमेनागृह २४ सै घण्टा वा तत्काल कम्तिमा पनि बिहान ६ बजे देखि बेलुकी ९ बजे सम्म संचालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ,

) बिशेष शर्त:

क) दोश्रो पक्षले अस्पतालमा कार्यरत २४ घण्टा डिंउटी गर्नुहुने, बिहानी डिउटी वा बेलुकी डिउटी गर्नुहुने कर्मचारीहरु र अस्पतालका अतिथिहरुलाई सादा खाना प्रति प्लेटको शुल्क अधिकतम रु.१०/- (सय रुपैया) लिनुपर्नेछ, सो भन्दा कम कबोल गर्ने भए सो उल्लेख गर्नुपर्नेछ,

ख) प्रति सादा खाना प्लेटमा चालम: जिरा मसिनो चालम बनाउनुपर्ने, तरकारी कम्तिमा एक परिकार: मौसम अनुसारको सब्जि बनाउनुपर्ने, दाल: एक किसिमको बनाउनुपर्ने र अचार: एक किसिमको बनाउनुपर्ने छ,

ग) दोश्रो पक्षले माथि बुदा नं .: ४.क. मा भन्दा बाहेकका महानुभाबहरुलाई लिने खानाको शुल्क समेत पेश गर्नुपर्नेछ।

घ)दोश्रो पक्षले  क्यानटीनमा उपलब्ध हुने कालो चिया, दुध चिया र अन्य खाजा/खानाका परिकारका शुल्कहरु बाहिरी स्थानीय बजार मुल्य भन्दा धेरे नहुने गरि दररेट पेश गर्नुपर्नेछ।

५) दोश्रो पक्षले  चमेनागृह र चमेनागृह परिसर सरसफाई गर्नुपर्नेछ,

६) दोश्रो पक्षले प्रथम पक्षलाई बिजुली र पानिको आफुले प्रयोग गरेको महशुल नियमानुसार प्रथम पक्षलाई भुक्तानी गर्नु पर्नेछ,

७) चमेनागृहको न्यूनतम भाडा प्रति महिना: रु ५०००.०० (अक्षेरेपी पाँच हजार रुपैया) निर्धारण गरिएको हुदा सो भन्दा माथि दोश्रो पक्षले आपनो कबोल रकम निबेदनमा अनिवार्य रुपमा खोल्नुपर्नेछ,

८) दोश्रो पक्षले सम्झौतामा उल्लेखित शर्तहरु पुरा नगरेको पाईएमा प्रथम पक्षले एक पटक सात दिने लिखित स्पस्टिकरण सोधी चित्तबुइदो जबाफ नआएमा नसिहत दिन वा जरिवाना गर्न वा दुवै र तत्पश्चात पन्ध्र दिनको समय दिई सेवाबाट हटाउन वा सम्झौता खारेज गर्न सक्नेछ,

९) दोश्रो पक्षले सेवा छाड्न वा सम्झौता खारेज गर्न चाहेमा कम्तिमा दुई महिना अगाडी लिखित निबेदन दिनुपर्नेछ, अन्यथा प्रथम पक्षले भुक्तानी दिन बाकि रकम भुक्तानी दिन बाध्य हुनेछैन,

१०) प्रथम पक्षद्वारा तोकिएका कक्षमा चमेनागृह संचालन गर्नुपर्ने र दोश्रो पक्षले  चमेनागृहलाई आवश्यक फर्निचर, चिम्नी लगाएतका चमेनागृहमा आवश्यक सामाग्रीहरुको आफै ब्यबस्थापन गर्नुपर्नेछ र सो दोश्रो पक्षका सामाग्रीहरुको स्वामित्व समेत दोश्रो पक्षको नै रहनेछ,

११) दोश्रो पक्षले चमेनागृहमा पानी बिजुली बत्ति पंखा लायाएतको आवश्यक मर्मत सम्भार आफैले गर्नुपर्नेछ,

१२) सुचनामा उल्लेख नभएका बिषयहरु वा दोश्रो पक्षको आपना कुनै बिशेष किसिमको सम्झौताको प्रस्ताब भएमा सो प्रस्ताब समेत लिखित रुपमा निबेदनमा पेश गर्न सकिनेछ।

१३) आवेदकहरु छनौट गर्दा दोश्रो पक्षले माथि बुदा नं:४ अनुसार पेश गरेको खाजा/खानाको दररेट लाई समेत मध्यनजर गरी मुल्यांकन गरि निर्णय गरिनेछ,

१४) भुक्तानीको बिषयः प्रथम पक्षले दिनुपर्ने भुक्तानीहरु प्रथम पक्षले भुक्तानी लिनुपर्ने निकायहरुबाट भुक्तानी प्राप्त भएको समयानुसार नियमानुसार कर कट्टी गरी भुक्तानी गर्नेछ, आर्थिक बर्षको अन्तिममा रकम भुक्तानी दिन बाकि रहेमा लेखापरीक्षण गरी दायित्वमा देखाईनेछ, भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ।

१५) सम्झौताको समय एक आर्थिक बर्षको रहनेछ, जसमध्य सुरुको १(एक) महिना दोश्रो पक्षको परिक्षणकाल रहनेछ, दोश्रो पक्षको परिकारको गुणस्तरियता, सेवा ब्यबहार, आचरण एबम सरसफाई राम्रो रहेमा र दोश्रो पक्षले सम्झौता नबिकरण गर्नका लागि निबेदन दिएमा सम्झौताको म्याद पछी एक बर्षलाई थप गर्न सकिनेछ, सम्झौताको म्याद थप गर्ने वा नगर्न अधिकार नितान्त प्रथम पक्षमा निहीत रहनेछ,

) आवश्यक कागजपत्रहरु: दोश्रो पक्षले निवेदनका साथै निबेदन दस्तुर रु.१०००/- (अक्षेरेपी  एक हजार रुपैया, फिर्ता नहुने गरी तिरेको रसिद, फर्मदर्ता/PAN कार्डको प्रतिलिपि, प्रोपाईटरको नागारिक्तको प्रतिलिपि थप आवश्यकता परेमा आवश्यकता अनुरुप ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु उपलब्ध गराउनुपर्नेछ।

१७) निबेदन दर्ताको तरिका अन्तिम समय:

क) कार्यालयमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा निबेदन दस्तुर तिरेको को रसिद सहित निबेदन दर्ता गराउनु पर्नेछ।

ख) ईमेल मार्फत: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरुको scan copy, निबेदन र निबेदन शुल्क यस स्वास्थ्य केन्द्रको बैक खातामा esewa वा IPS वा mobile banking मार्फत दस्तुर तिरेको रसिदको scan copy सहित अस्पतालको इमेल chatarahospital@gmail.com मा निबेदन पेश गर्न सकिनेछ। इमेल मार्फत पठाईएको निबेदनको दर्ता न. इमेल बाटै उपलब्ध गराईनेछ। कार्यालय खुल्ने समयमा फोन गरि समेत जानकारी लिन सकिनेछ।

ग) निबेदन दिने अन्तिम मिति २०८३/०२/२० गते देखि मिति २०८३/०३/०५ गते शुक्रबारको दिनको ४:०० बजे सम्म, सो मिति भन्दा पछाडिका कुनै पनि निबेदन लिइनेछैन।

) बैंक खाता विवरण:

a.बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी

  1. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
  2. खाता .: २१६०१००००४६६८००१ English मा: 2160100004668001

१८) छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पताल ब्यबस्थापन समितिमा निहित रहनेछ। निवेदकहरु छनौट सम्बन्धि थप सूचनाहरु पछि प्रकाशन गरिनेछ। थप जानकारीका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९७69703465 वा प्रविधिक समस्याको लागि ९८०४०८०७६७ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]