२८ भाद्र २०८३, आइतबार

चतरा अस्पतालको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार चतरा अस्पतालको सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा नेपाल सरकारको विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधी भित्र रही सेवा खरिद गर्नुपर्ने भएकाले तपसिलमा उल्लेखित योग्यता पुगेको संस्था वा परामर्शदाता बाट नियमानुसार सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन कार्यालय समय भित्र परियोजना र आर्थिक प्रस्ताव सहित यस कार्यालयमा प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।
तपशिल
१. सामाजिक परीक्षकको शैक्षिक योग्यता स्नातक तह वा सो सरहको हुनुपर्ने र प्रतिलिपि पेशगर्नु पर्नेछ।
२. सामाजिक परीक्षण वा सामाजिक परिचालन कार्यक्रममा कम्तीमा ३ वर्ष अनुभव भएको प्रमाणको प्रतिलिपि पेश गर्नुपर्ने छ।
३. सूचना सङ्कलन, विश्लेषण तथा प्रतिवेदन लेखे सीप र अनुभव भएको हुनुपर्नेछ।
४. स्थानीय तहको स्वास्थ्य सेवा प्रदान गर्ने पद्दती र प्रक्रियाको राम्रो जानकारी भएको हुनुपर्नेछ ।
५. आफ्नो संस्थाका कार्यक्रम र योजनाको सामाजिक परीक्षण वा सार्वजनिक परीक्षण वा सार्जनिक सुनुवाइ गरेको अनुभव भएको हुनुपर्नेछ ।
६. सामाजिक परीक्षण कार्यक्रमको सिलसिलामा सामाजिक परीक्षक स्थानीय तहप्रति उत्तरदायी हुनुपर्नेछ ।
७. यस आर्थिक वर्षमा संस्था नवीकरण भएको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ ।
८. माथि उल्लेखित कागजातहरू पेश नभएको निवेदन उपर कारवाही हुने छैन।
९. स्थायी लेखा नं. (PAN)/मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भई आर्थिक वर्ष २०८२/०८३ सम्मको कर चुक्ता भएको कागजात पेश गर्नुपर्नेछ ।
१०. जिल्ला स्थित स्वास्थ्य कार्यालयबाट प्रमाणीकरण भएको संस्था हुनुपर्नेछ ।
११. परामर्शदाता तथा समाजिक परीक्षक सम्बन्धी माथि उल्लेख नभएको शर्त स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता मार्गदर्शन, २०७७ मा भए बमोजिम हुनेछ ।
थप जानकारीको लागि सम्पर्क नं. 9862812040,9769703465 ईमेलःchatarahospital@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]