
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०83/०८४ को ब्यबस्थापन समितिको आन्तरिक श्रोतको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समितिको मिति २०८२/०८/०९ गतेको बैठक निर्णय नं: ०४ अनुसार यस अस्पतालमा आँखा सेवामा गुणस्तरीय सेवा उपलब्ध गर्न अति आवश्यक रहेको ले निम्न उपकरणहरु खरिद एबम जडान कार्य सार्बजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ८ को उपदफा १(क८) तथा सार्बजनिक खरिद नियामावली २०६४ (१४ औँ संसोधन २०82) को नियम ३१ (ख) बमोजिम त्यस्तो मेसिनरी उपकरण उत्पादक कम्पनि वा सोको आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिंग) बिधिबाट खरिद गर्नुपर्ने भएकाले तपशिल शर्तहरु रहने गरि सरोकारवाला/ आपुर्तीकर्ता सबैका लागि यो ०७ (सात) दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.स उपकरणको नाम परिमाण ईकाई कै.
1 Auto Lens Edger Machine Complete Set 1 set –
माथि उल्लेखित सामाग्रीको विवरण (specification) पुर्ण रुपमा भरि अनिवार्य रुपमा पेश गर्नुपर्ने छ। सो सम्बन्धी जानकारी/ स्पेसिफिकेसन अस्पतालको सूचना पार्टी, अस्पतालको फेस बुक पेज https://www.facebook.com/chatarahospital र अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा राखिएको छ ।
तपशिल:-
१. निबेदन चतरा अस्पतालको प्रशासन शाखामा शिलबन्दी गरि वा इमेल chatarahospital@gmail.com मा पठाउन सकिनेछ । ईमेलमा निबेदन दिनुहुनेहरुले सबै आवश्यक कागजपत्र एबम पूर्ण रुपमा भरिएको specification आपुर्तीकर्ताले छाप र आधिकारिक अधिकारिको दस्तखत गरी एक मुष्ठ pdf format मा पठाउनुपर्नेछ ।
२. निबेदन दिने मिति र समय: मिति २०83/05/2४ गते देखि २०83/05/0५/३१ गते दिनको ४:०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । कुनै पनि कारणबश सो मिति र समय भन्दा ढिला गरी प्राप्त कुनै पनि निबेदनहरु मान्य हुनेछैन ।
३. निबेदन खोल्ने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिनको सूचना ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुको अनुपस्थितिले सिलबन्दि निबेदनहरु खोल्न चतरा अस्पताल ब्यबस्थापन समिति वा खरिद समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा यस अस्पतालको वेबसाईट एबम फेसबुक पेज हेर्नुहुन अनुरोध छ ।
४. सेवा शुल्क दस्तुर: निःशुल्क रहनेछ ।
५. संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन,PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, आधिकारिकता को प्रमाणपत्र (letter of authorization), आ.ब.२०81/०82 को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप अस्पताल ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
६. आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका उपकरणहरुको स्पेसीफिकेसन र पूर्ण रुपमा भरिएका तोकिएका अनुसूचीहरुसंग माग गरिएका सबै डकुमेन्ट (कागजपत्रहरु) निबेदनसंग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, उपकरणको रंगिन फोटोहरु उपलब्ध गराउनुपर्नेछ । उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance मर्मत सम्भारको बिषय स्पस्ट खुलेको हुनुपर्दछ ।
७. उल्लेखित उपकरण यस अस्पताल सम्म ढुवानी, installation र कर्मचारीहरुलाई आवश्यक orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
८. यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबोल मुल्य राख्नुपर्नेछ, यद्धपि निवेदकले यदि कुनै माग गरिएका उपकरण भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification र picture सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ । साथै एकै निवेदक आपूर्तिकर्ताले एकै मेसिनका लागि समेत निम्न दुई किसिममा प्रस्ताब पेश गर्न सकिनेछ ।
९. निवेदकहरुसंग उपकरण आपूर्तिका बिषयमा कुनै बिशेष सल्लाह सुझाब वा मेसिन संचालनका लागि कुनै बिशेष पूर्वाधारहरु वा prerequisite भएमा निबेदनमा खुलाउनुपर्नेछ ।
१०. निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
११. उपकरण installation गर्नुपर्ने समय: आपूर्तिकर्तासंग सम्झौता भएको मिति देखि अधिकतम १५ (पन्ध्र) दिन भित्र मेसिन installation गर्नुपर्नेछ ।
१२. भुक्तानीको बिषय:
क) चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु जस्तै स्वास्थ्य बिमा बोर्ड लगाएतबाट समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाँकी रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
ख) भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
१३. आपूर्तिकर्ताले निजले कबोल गरी सम्झौता गरेअनुरुप उपकरणको मर्मतसंहार नगरेमा, कबोल गरे अनुरुपको परिक्षण केमिकल तोकिएको समयसम्म सोहि दररेटमा आवश्यक परिमाणमा नियमित रुपमा उपलब्ध नगरेमा चतरा अस्पताल सम्बन्धित आपूर्तिकर्तालाई भुक्तानी दिन बाँकि रकम भुक्तानी दिन बाध्य हुनेछैन एबम ब्यबस्थापन समितिको निर्णयानुसार नियमानुसारको आवश्यक थप कारबाही गर्नसक्नेछ ।
१४. निबेदन दर्ताको तरिका:
क) ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा निबेदन सहित लाहाछाप गरिएको शिलबन्दी पेश गर्नुपर्नेछ, यद्यपि ईमेल मार्फत निबेदन दिन चाहनुहुनेहरुले chatarahospital@gmail.com मा आवश्यक सबै कागजपत्र ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ तर आपूर्तिकर्तालाई निबेदन शिलबन्दी गरी अस्पताल प्रशासन शाखामा पेश गर्नुहुन अनुरोध गरिन्छ,
१५. आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद समिति र चतरा अस्पताल ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
थप जानकारीका लागि अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chatarahospital@gmail.com वा वेबसाईट: chatarahospital.p1.gov.np मा वा 9769703465वा सूचना अधिकारी (9807392304) संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
………………..
डा. किरण श्रेष्ठ
कार्यालय प्रमुख
बोधार्थ:
• श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- नगरपालिकाको सूचना पार्टी एबम website मा यो सूचना राखिदिनुहुन अनुरोध छ ।
• श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १ र २, सुनसरी । :- कार्यालयको सूचना पार्टीमा यो सूचना टाँसीदिनुहुन अनुरोध छ ।