२८ भाद्र २०८३, आइतबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा
विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद
ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः
२०८३/०४/२७ गतेको सूचना अनुसार प्राप्त ब्याट्री तथा सोलार सम्बन्धी आपूर्तिकर्ताहरूको आवेदन उपर
मिति २०८३/०५/१६ गते मंगलवार चतरा अस्पताल मूल्याड्कन समितिको बैठक अनुसार प्रशासनिक मूल्याड्कन
गर्दा तपसिल बमोजिमको आपूर्तिकर्ता छनौट भएको ब्यहोरा जानकारीका साथ अनुरोध छ। छनौटमा कुनै पनि
दावी विरोध तथा उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा आवेदक/ आपुर्तिकर्ता स्वयं उपस्थित भई
कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा मिति २०८३/०५/१९ गते शुकवार दिनको ४:०० बजे
सम्म दर्ता गर्नु हुन अनुरोध छ। निजहरूको दावी विरोधको विषयमा चतरा अस्पताल मूल्याङ्कन समिति तथा
व्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ। छनौट हुनु भएको आपूर्तिकर्ता मिति २०८३/०५/२४ गते
बुधवार बेलुकाको ४:०० बजे सम्म अस्पताल प्रशासन शाखामा सम्झौता तथा आपुर्तिको लागि निवेदन दिनु हुन
अनुरोध गरिन्छ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]