२८ भाद्र २०८३, आइतबार

सूचना
विषय: फार्मेसी टोकन तथा पालो सम्बन्धमा।
उपरोक्त सम्बन्धमा, चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०५/१४ गतेको बैठक, प्रस्ताव नं. ५, निर्णय नं. ५ बमोजिम विविध विषयमा छलफल हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको फार्मेसी सेवा लिने पालो सम्बन्धमा देहायबमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
व्यवस्था:
1) सेवाग्राहीको फार्मेसी टोकनको पालो छुटेको अवस्थामा हाल पालोमा रहेका ३ (तीन) जना सेवाग्राहीपश्चात् मात्र छुटेको टोकनको पालो प्रदान गरिनेछ।
2) अस्पतालमा कार्यरत कर्मचारीहरूको हकमा समेत पालोमा रहेका ३ (तीन) जना सेवाग्राहीपश्चात् फार्मेसी सेवा लिन पाउने व्यवस्था गरिएको छ।
उक्त व्यवस्था सूचना प्रकाशन भएको मितिदेखि लागू हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]