१२ साउन २०८३, मंगलबार

विषयः वार्षिक उपलब्ध स्वास्थ्य सेवा, वर्ग एवम् नियमित र अतिरिक्त सेवा विवरण।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आ.व. २०८२/८३ मा सेवा लिन आउनु भएको सेवाग्राहीहरू लाई प्रवाह गरेको स्वास्थ्य सेवा अनुसार स्वास्थ्य सेवाको प्रकार र वर्ग अनुसार हेर्दा तपसिल बमोजिमको तथ्याङ्क अभिलेखीकरण देखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ।
तपशिल:
आ.व.२०८२/८३ अन्तर्गत सेवा लिनु भएको सेवाग्राहीहरू मा महिला तर्फ जम्माः ४८,८४३ र पुरुष तर्फ जम्मा: ३३,४६६ जन गरि कुल सेवाग्राही सङ्ख्याः ८२,३०९ जनाले सेवा लिनुभएको देखिन्छ। जसमा सामाजिक सुरक्षा कोष सेवा अन्तर्गतः १७०, स्वास्थ्य बिमा रहित सेवा १२,७,४३ जना र स्वास्थ्य बीमा सेवा अन्तर्गत ६९,३९६ जनाले सेवा लिनुभएको देखिन्छ।

आ.व. २०८२/८३ मा वर्ग अनुसार सबै भन्दा धेरै सेवा अन्य/६० वर्ष उमेर भन्दा माथिका सेवाग्राही र दोस्रो गृहिणी वर्गद्वारा सेवा लिनुभएको देखिन्छ।

आ.व.२०८२/८३ को विवरण अनुसार नियमितकार्यालय समय र अतिरिक्त कार्यालय समयमा उपलब्ध भएको सेवा हेर्दा ३०% नियमित कार्यालय समय अन्तर्गत सेवा लिनु भएको देखिन्छ भने ७०% सेवा अतिरिक्त कार्यलय समयमा सेवा लिनुभएको देखिन्छ।

……………………….
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले कार्यालय खुल्ने दिन हालको समय बिहान ९ बजेबाट बेलुकी ५ बजे सम्म र साविकको समय बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरूको सङ्ख्यालाई लिइएको छ।

२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले कार्यालय खुल्ने दिन हालको समय बिहान ८ बजे बाट बिहान ९ बजे सम्म र साविक समय बिहानको ७:०० बजे देखि बिहानको १०:०० बजेसम्म र दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजे बजेसम्म र सार्वजनिक बिदाको दिनलाई बिहान ८ बजे बाट ५ बजे सम्म र साविक समय बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरूको सङ्ख्यालाई लिइएको छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]