०७ भाद्र २०८३, आइतबार

श्री आपूर्तिकर्ताहरू सबै,
विषयः ई.सि.जी. (E.C.G) मेसिन छनौट एवम् दावी विरोध बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक को स्वीकृत बजेट अन्तर्गत अस्पताल सेवा विस्तार गर्नको लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठकको निर्णयानुसार सार्वजनिक खरिद ऐनको दफा ४१ र सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम मितिः २०८३/०३/०५ गतेको सूचना अनुसार प्राप्त ई.सि.जी. (E.C.G) मेसिन सम्बन्धी आपूर्तिकर्ताहरूको आवेदन उपर मिति २०८३/०४/१८ गते सोमवार चतरा अस्पताल मूल्याङ्कन समितिको बैठक अनुसार प्रशासनिक मूल्याङ्कन गर्दा तपसिल बमोजिमको आपूर्तिकर्ता छनौट भएको ब्यहोरा जानकारीका साथ अनुरोध छ। छनौटमा कुनै पनि दावी विरोध तथा उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा आवेदक /आपुर्तिकर्ता स्वयं उपस्थित भई कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा मिति २०८३/०४/२१ गते बिहीवार दिनको ४:०० बजे सम्म दर्ता गर्नु हुन अनुरोध छ। निजकोहरूको दावी विरोधको विषयमा चतरा अस्पताल मूल्याङ्कन समिति तथा व्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ। छनौट हुनु भएको आपूर्तिकर्ता मिति २०८३/०४/२५ गते सोमवार बेलुकाको ४:०० बजे सम्म अस्पताल प्रशासन शाखामा सम्झौता तथा आपुर्तिको लागि निवेदन दिनु हुन अनुरोध गरिन्छ ।
तपशिलः
क्र.स छनौट आपूर्तिकर्ता कबोल रकम कै.
१ नेसनल सर्जिकेम
दर्ता नं. ०३८ रू २,२५,५००।००
(अक्षेरेपी रू दुई लाख पच्चीस हजार पाँच सय शून्य पैसा मात्र) –

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]