श्री आपूर्तिकर्ताहरू ( सबै )
विषय:- सम्झौताको म्याद थप बारे ।
प्रस्तुत सम्बन्धमा मिति २०८२/०४/२० गते अस्पताल व्यवस्थापन समितिको बैठकको निर्णय नं ४ अनुसार आ.ब. २०८३/८४ को लागि कार्यलय सामाग्री तथा ल्याव केमिकल, सर्जिकल, औषधी, चस्मा फ्रेम/ शिशा तथा विविध सर्जिकल सामाग्रीहरु नयाँ आ.ब. २०८३/८४ को खरिद सूचना प्रकिया भैरहेको हुँदा उक्त नयाँ खरिद प्रकृया सम्झौता नहुँदा सम्मको लागि अस्पतालमा स्वास्थ्य सेवा प्रवाहमा निरन्तरता दिन साबिक कै आपूर्तिकर्ताहरूसँग साबिक बमोजिम कै दररेटमा खरिद गर्ने निर्णय अनुसार यो परिपत्र जारी गरिएको छ।
यद्यपि यस परिपत्र पश्चात कुनै पनि आपूर्तिकर्ताद्वारा सम्बन्धित सामाग्रीहरू आपूर्ति नगर्ने भएमा निजहरू द्वारा लिखित पत्राचार गर्नुपर्नेछ। अन्यथा आपूर्तिकर्ताहरू लाई स्वत यस परिपत्र उपर सम्बन्धी सहमति जनाईएको मानिनेछ । साथै यस बीचमा भए / गरेका कारोबारहरू समेत यसै परिपत्रद्वारा भएको मानिनेछ ।
……………………..
डा. किरण श्रेष्ठ
कार्यलय प्रमुख
थप जानकारी एवम् सम्पर्कका लागिः
सूचना अधिकारी: ९८६२८१२०४०
बोधार्थ:
१) श्री लेखा शाखा, चतरा अस्पताल: जानकारी एवम् कार्यान्वयनको लागि अनुरोध छ ।