०७ भाद्र २०८३, आइतबार

विषय: करार सेवामा लिने बारे सूचना ।
( विज्ञापन नं: ०१-२०८३/०८४ )
( प्रथम पटक सूचना प्रकाशन मितिः२०८३/०४/२० )
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८३/०४/२० गतेको चतरा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार सूचना प्रकाशन गरिएको सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
निम्नः
क्र.स. आवश्यक कर्मचारीको पद तह समुह संख्या निवेदन दिने समय परिक्षा मिति कै.
१ मेडिकल अधिकृत(MBBS) आठौँ स्वास्थ्य १ (एक) मिति २०८३/०४/२१ गते देखि २०८३/०४/२७ गते दिनको ४:०० बजे सम्म। सूचना प्रकाशन गरिने छ।
१) न्युनतम योग्याताः
क) क्र.स. नं “१”: मान्यता प्राप्त संस्थाबाटMBBS बिषय उत्रिर्ण गरी नेपालस्वास्थ्य ब्यवसायी परिषदमा दर्ता भएको र नेपाली नागरिकहुनु पर्नेछ।
२) पेश गर्नुपर्ने कागजपत्रहरू: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगायतका कागजपत्रहरूको पछाडि सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
४) आबेदन शुल्क: क्र.स. “१” को लागि रू. १०००।०० (एक हजार) आबेदन शुल्क लाग्नेछ ।
५) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
६) सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
७) निवेदन दर्ताको तरिका:निवेदनको फर्म https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: इच्छुक निवेदकले आवश्यक कागजपत्रहरू CV र निवेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निवेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरूको स्क्यान गरी निवेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निवेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निवेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
1. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
2. खाता नं: २१६०१००००४६६८००१ English मा: 2160100004668001
८) परीक्षा र अन्तर्वार्ता सम्बन्धि सूचना यस अस्पतालको वेबसाइट र फेसबुकमा समेत राखिनेछ, सम्बन्धी सूचना सम्बन्धित पदका सबै उमेद्वारहरूलाई निजहरूको मोबालमा समेत सम्पर्क गरि सूचित गरिने हुँदा निवेदकहरूले निवेदनमा फोन नं हरू ( बैकल्पिक फोन नं सहित) अनिवार्य रूपमा राख्नुहुन अनुरोध छ ।
९) ONLINE फर्म भर्नुहुने निवेदकहरू लाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रूपमा भरिएको फर्म/निवेदन पठाउनुहुन अनुरोध छ ।
कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
नोट:
थप जानकारीका लागि चतरा अस्पतालको सूचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११, ९७६९७०३४६५, ९८०७३९२३०४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

……………………
डा. किरण श्रेष्ठ
कार्यलय प्रमुख

बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस सूचना नगरपालिकाको सूचना पार्टी, फेसबुक साईट र वेबसाईटमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]