०७ कार्तिक २०८३, शुक्रबार

“बाल अधिकारको संरक्षण, सुरक्षित भविष्यको निर्माण” भन्ने मूल भावनाका साथ बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यले बाल विवाह तथा बाल विवाहका कारण प्रजनन स्वास्थ्यमा पर्ने नकारात्मक असरसम्बन्धी छलफल कार्यक्रम बराहक्षेत्र नगरपालिका वडा नं. २ को आयोजनामा सम्पन्न भएको छ। मिति २०८३/०६/१३ गते बराह राइजिङ स्टार स्कुल तथा २०८३/०६/१४ गते हिमालयन इङ्लिस बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधि, चतरा अस्पतालका प्रतिनिधि तथा बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मिति २०८३/०६/१३ गते चतरा अस्पतालकी नर्सिङ अधिकृत श्री मेनुकला राईज्यूद्वारा बाल विवाहका कारण किशोरीहरूको स्वास्थ्य तथा प्रजनन स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर, स्वास्थ्य जोखिम तथा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी प्रदान गरिएको थियो भने २०८३/०६/१४ गते चतरा अस्पतालका कार्यालय प्रमुख डा. किरण श्रेष्ठज्यूद्वारा बाल विवाहका स्वास्थ्यसम्बन्धी असर, बाल अधिकारको संरक्षण तथा सुरक्षित भविष्य निर्माणका विषयमा जानकारी तथा सहजीकरण गरिएको थियो। कार्यक्रममा बाल विवाह न्यूनीकरण, बालबालिकाको अधिकार सुनिश्चितता तथा बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक पहल, सहकार्य र समन्वयका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। साथै, बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बाल विवाह रोकथामका लागि परिवार, विद्यालय, समुदाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]