०६ कार्तिक २०८३, बिहिबार

विशेषज्ञ चिकित्सकहरूको प्रस्तावना माग सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०६/२७ गते
विषयः विशेषज्ञ चिकित्सकहरूको प्रस्तावना उपलब्ध गराउने सम्बन्धमा।
उपरोक्त सम्बन्धमा, चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०६/२१ गते बसेको बैठकको प्रस्ताव नं. ३, निर्णय नं. ३ अनुसार यस अस्पतालबाट आंशिक रुपमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन तथा विस्तार गर्ने प्रयोजनका लागि तपसिलमा उल्लेखित विशेषज्ञ सेवाहरू उपलब्ध गराउन इच्छुक विशेषज्ञ चिकित्सक, स्वास्थ्य संस्था तथा सम्बन्धित सेवा प्रदायकहरूबाट प्रस्तावना माग गर्ने निर्णय भएको हुँदा इच्छुक पक्षहरूले नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी, नागरिकता वा परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निम्न उल्लेखित फाराम भरि आफ्नो प्रस्तावना मिति २०८३/०७/२६ गते सम्ममा पेस गर्नुहुन अनुरोध छ।
तपसिल
१. हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा
२. ईन्टरनल मेडिसिन विशेषज्ञ सेवा
३. नाक, कान तथा घाँटी (ENT) विशेषज्ञ सेवा
४. स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
५. बालरोग विशेषज्ञ सेवा
६. छाला तथा यौन रोग विशेषज्ञ सेवा
७. मानसिक तथा नशा रोग विशेषज्ञ सेवा
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९७६९७०३४६५ वा ९८६२८१२०४० वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]