०४ बैशाख २०८३, शुक्रबार

श्री आपुर्तिकर्ता सवै,

विषयः बोलपत्र स्वीकृत /दावि विरोध एवम् सम्झौता बारे  ।

(खरिद सूचना नं:०३-२०८२/०८३, CH/INS/MEDS/01/2082-83)

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत मिति २०८२/०९/२९ (13th Jan, 2026) गतेको ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना CH/INS/MEDS/01/2082-83 अनुसार पर्न आएका बोलपत्रको मिति  २०८२/११/१० गते मुल्याङ्कन समितिको बैठक अनुसार प्रशासनिक/ आर्थिक मुल्याङ्कन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएका बोलपत्रहरु मध्ये आइटम वाइज विडिंग अनुसार प्रति औषधिको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाताहरुको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (३) र (४) को प्रयोजनार्थ कार्य सम्पादन जमानत रकम सहित बोलपत्र स्वीकृति एबम सम्झौताका लागि मिति २०८२/११/२६ गते सम्म आपूर्तिकर्तालाई सम्झौता गर्न आउनु हुन सुचना प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ। छनौटमा कुनै पनि दावि विरोध उजुरी भएमा यस अस्पतालको प्रशासन शाखमा आवेदक/आपुर्तिकर्ता स्वयं उपस्थित भई कार्यलयले तोकिएको दस्तुर बुझाई लिखित रुपमा  मिति २०८२/११/१४  गते शुक्रवार दिनको ४:०० बजे सम्म दर्ता गर्नु हुन अनुरोध छ । निजकोहरुको दावि विरोधको विषयमा मुल्याङ्कन समिति तथा ब्यवस्थापन समितिको निर्णयअनुसार गरिनेछ।

तपशिलः

क्र.स बोलपत्र दाता छनौट औषधी आईटम कार्य सम्पादन जामनत रकम कै.
श्री गणेश ड्रग हाउस, विराटनगर २३४ (दुई सय चौतिस) २०,४९,८८६.४१ (वीस लाख उनन्पचास हजार आठ सय छयासी रुपैया चार चार एक मात्र) ।
श्री सर्जिमेड ड्रिस्ट्रीब्युटर प्रा.ली, काठमाण्डौँ। २६७ (दुई सय सर्तीस) २०,५१,४९२.२५ ( वीस लाख एकावन्न हजार चार सय बयानब्बे रुपैया दुई पाँच पैसा मात्र) ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]