
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ का लागि चतरा अस्पतालमा सेवा विस्तार गर्नको लागी तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि यो सात दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
क्र.सं. बिधुतिय उपकरण विवरण खरिद परिमाण कैफियत
१. Retinoscope (Eye Equipment) १(एक) थान
नोट: पूर्ण स्पेसिफिकेसन लगाएतका विवरणहरु चतरा अस्पतालको वेवसाईट भित्र https://chatarahospital.p1.gov.np मा रहेको Menu मा “download” मा रहेको छ।
१) दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण र प.सं. एवम् चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
२) दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८२/१२/२८ गते देखि २०८३/०१/०४ गते दिनको ४:०० बजे सम्म । यस अस्पताल प्रशासन सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
३) दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो दरभाउपत्र खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले दरभाउ निबेदनहरु खोल्न खरिद तथा मुल्यांकन गर्न समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना चतरा अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिनेछ ।
४) निबेदन दस्तुर: दरभाउपत्रका लागि निबेदन दस्तुर लाग्ने छैन ।
५) संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
६) कबोल रकम: निबेदनमा कबोल रकम अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ।
७) भुक्तानीको बिषय: नियम अनुसार ।
८) दरभाउपत्र निबेदन दर्ताको तरिका:
क) अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा दरभाउपत्र पेश गर्न सकिनेछ ।
ख) हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पस्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्ने ।
ग) ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनसंगै सबै कागतपत्रको स्क्यान गरि PDF फाईल बनाएर अस्पतालको ईमेलमः chatarahospital@gmail.com मा प्रेषण गर्न गर्नुपर्नेछ।
९) दरभाउ स्वीकृत (पूर्ण वा आंशिक) तथा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ता छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र व्यवस्थापन समितिमा निहित रहनेछ ।
१०) आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
साथै कोहि व्यक्ति वा संघ/संस्था लगायतद्वारा चतरा अस्पताललाई माथि उल्लेखित उपकरणहरु सौजन्य गर्न ईच्छुक भएमा वा थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: यस वडा कार्यालयको सूचना पार्टीमा सूचना टाँस गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।
Download Spex