श्री आपुर्तिकर्ता सवै,
विषयः बोलपत्र स्वीकृत/दावि विरोध एवम् सम्झौता बारे ।
(खरिद सूचना नं: 02-2083-084)
प्रस्तुत सम्बन्धमा, चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक स्रोततर्फ आ.व. २०८३/०८४ को स्वीकृत बजेटअन्तर्गत मिति २०८३/०६/१३ गते प्रकाशित १५ दिने सिलबन्दी दरभाउपत्र आह्वान सूचना (खरिद नं. ०२-२०८३-०८४) बमोजिम पर्न आएका दरभाउपत्रहरूको मिति २०८३/०६/१६ गते प्रशासनिक मूल्याङ्कन तथा मिति २०८३/०८/०२ गते प्राविधिक एवं आर्थिक मूल्याङ्कन गर्दा सारभूत रूपमा प्रभावकारी ठहरिएका आपूर्तिकर्ताहरूमध्ये अनुसूचीगत आईटमहरूमा न्यूनतम कबोल अङ्कका आधारमा आईटमवाइज छनोट भएका आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (३) र (४) बमोजिम कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) सहित छनोट भएका आईटमहरूको सम्झौता गर्न मिति २०८३/०८/१६ गते बुधबार दिनको ४:०० बजेसम्म यस अस्पतालमा उपस्थित हुन सूचित गरिएको व्यहोरा जानकारी गराइन्छ। छनोटसम्बन्धमा कुनै दाबी/विरोध वा उजुरी भएमा सम्बन्धित आवेदक/आपूर्तिकर्ता स्वयं यस अस्पतालको प्रशासन शाखामा उपस्थित भई कार्यालयले तोकेको दस्तुर बुझाई लिखित रूपमा मिति २०८३/०८/०४ गते शुक्रबार दिनको ४:०० बजेसम्म दर्ता गर्नुहुन अनुरोध छ। प्राप्त दाबी–विरोध तथा उजुरीका सम्बन्धमा खरिद एवं मूल्याङ्कन समिति र अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार गरिनेछ।
क्र.सं. अनुसुची दरभाउदाता/फर्मको नाम जमानत रकम रू कै.
१ ३
श्री जनहीत ट्रेडर्स (१२४ आईटम) रू 2,65,478.17 (अक्षरेपी दुई लाख पैसठ्ठी हजार चार सय अठहत्तर रूपैयाँ एक सात पैसा)
श्री ईलाईट प्रो सर्जिकल (७ आईटम) रू 975.00 (अक्षरेपी नौ सय पचहत्तर रूपैयाँ)
श्री नेस्नल सर्जिकेम (७३ आईटम) रू 1,58,998.91 (अक्षरेपी एक लाख अन्ठावन्न हजार नौसय अन्ठानव्वे रूपैयाँ नौ एक पैसा)
२ ४ श्री पसुपती सर्जिकल (१६ आईटम) रू 4,886.00 (अक्षरेपी चार हजार आठ सय छयासी रूपैयाँ)
श्री नेस्नल सर्जिकेम (११७ आईटम) रू 24,882.00 (अक्षरेपी चौवीस हजार आठ सय वयासी रूपैयाँ)
३ ५(क) श्री पशुपति चस्मा घर (४९ आईटम) रू 13,976.25 (अक्षरेपी तेह्र हजार नौ सय छयात्तर रूपैयाँ दुई पाँच पैसा)
५(ख) श्री द आई जोन (२२ आईटम) रू 25,629.75 (अक्षरेपी पच्चिस हजार छ सय उन्तिस रूपैयाँ सात पाँच पैसा)