मिति: २०७७/०८/१६
बिषय: कोटेसन माग बारे ।
प्रस्तुत सम्बन्धमा श्री बराहक्षेत्र न पा वडा कार्यालय १ को मिति २०७७/०७/१९ गतेको प.स.:०७७/०७८ च.नं: २६८ को पत्रानुसार आ.ब. ०७७/०७८ मा श्री वडा कार्यालय १ द्वारा विनियोजित वडा स्तरीय योजना अन्तर्गत सि.न. १९ ‘श्री प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा ब्यबस्थापन’ अन्तर्गत यस कार्यालयबाट माग गरिएका सामाग्रीहरु यसै कार्यालयबाटै खरिद कोटेशन प्रक्रिया द्वारा गराउनका लागि सहमति प्राप्त भए बमोजिम हाल बिश्वब्यापी कोरोना भाईरसको माहामारीको अवस्था एबम यस स्वास्थ्य केन्द्र प्राथमिक अस्पतालमा स्तरोन्नति हुने भईरहेको हुदा हालको अवस्थामा सबै भन्दा बढी आवश्यक एबम प्राथमिकतामा पर्ने निम्नानुसारका सामाग्रीहरुको कोटेशन उपलब्ध गराउन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
शर्तहरु:
- कोटेशनहरु प्राथमिक स्वास्थ्य केन्द्र चतराको प्रशासन शाखामा वा इमेल chataraphc@gmail.com मा पठाउनु पर्नेछ ।
- निबेदन/कोटेसन दिने अन्तिम समय: मिति २०७७/०८/१६ गते देखि २०७७/०८/३० गते बेलुकी ४:०० बजे सम्म । निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा पर्न गएमा त्यसको भोलि पल्ट निबेदन दिने अन्तिम दिन हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन लिइनेछैन ।
- निबेदन दस्तुर: रु. एक हजार रुपैया मात्र ।
- कुल योजनाको बजेट: रु.२,००,०००/- (दुई लाख रुपैया) मात्र ।
- संलग्न हुनु पर्ने कागजपत्रहरु: निबेदन संगै निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
- आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका सामाग्रीको रंगिन फोटो निबेदन संग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, रंगिन फोटोहरु उपलब्ध नगराईएको निबेदन मान्य हुने छैन ।
- आपूर्तिकर्ताले यदि कुनै माग गरिएका समाग्रिहरुमा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification र picture सहित कोटेसन मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ ।
- कोटेशनमा रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ।
- निबेदन दर्ताको तरिका:
- ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
- निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
- बैंक खाता विवरण:
- बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
- खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा
- English मा: Prathamik Swastha Kendra Chatara
- खाता नं: २१६०१००००४६६८००१
- English मा: 2160100004668001
- आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिमा निहित रहनेछ । आपूर्तिकर्ता छनौट सम्बन्धि थप सूचना पछि प्रकाशन गरिनेछ ।
- सामाग्रीको नामावली एबम सामाग्रीहरुको विवरण:
| क्र.सं |
सामाग्रीको नाम |
Specification |
आवश्यक परिमाण |
कैफियत |
| १) |
बिरामी बेड |
Plain hospital patient bed powder coated, with length 6 feet & breadth 3 feet. |
दश थान |
१) आवश्यक परिमाण प्रस्तावित मुल्य अनुसार केहि थपघट हुन सक्नेछ । |
| २) |
बिरामी बेडको matress |
Mattress of length 6 feet & breadth 3 feet with thickness of 4 inch. |
दश थान |
| ३) |
IV स्ट्यान्ड |
Standard size IV stand. |
दश थान |
| ४) |
बेड साईड लकर |
Standard size plastic bed side locker of ABS. |
दश थान |
|
थप जानकारीका लागि अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
