०४ बैशाख २०८३, शुक्रबार

प.स.:०७७/०७८, च.नं: ३०८, मिति: २०७७/०९/२४

बिषय: करार सेवामा लिने बारे सूचना ।

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/०९/२२ गते बसेको ब्यबस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठकद्वारा यस स्वास्थ्य केन्द्रमा आवश्यक निम्न जनशक्तिहरु नियुक्तिका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेअनुरुप सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • आवश्यक कर्मचारीको पद र संख्या:
  • मेडिकल अधिकृत (MBBS): एक जना,
  • फिजियोथेरापिस्ट (Bachelor of Physiotherapy): एक जना र
  • स्टोर सहायक: एक जना ।
  • न्युनतम योग्यता:
  • मेडिकल अधिकृत: मान्यता प्राप्त संस्थाबाट MBBS उतिर्ण गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने,
  • फिजियोथेरापिस्ट: मान्यता प्राप्त संस्थाबाट Bachelor of Physiotherapy उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने,
  • स्टोर सहायक: कम्तिमा पनि १०+२ उतिर्ण भएको, सवारी साधनको A र B दुवै लाईसेन्स भएको र कम्पुटर सिप राम्रो भएको नेपाली नागरिक हुनुपर्ने ।
  • पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
  • नेपाली नागरिकताको प्रतिलिपि र
  • न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
  • फिजियोथेरापिस्ट पदका लागि कम्तिमा हप्तामा दुई दिनको समय वा कम्तिमा दिनमा तीन घण्टा समय दिई part-timer कर्मचारीको रुपमा काम गर्न ईच्छुक निवेदकहरुले समेत निबेदन दिन सक्नुहुनेछ ।
  • आबेदन शुल्क: मेडिकल अधिकृत र फिजियोथेरापिस्ट पदको लागि रु. एक हजार रुपैया र स्टोर सहायकको रु.पाच सय रुपैया मात्र ।
  • छनौट तरिका: अन्तरबार्ता एबम प्रयोगात्मक ।
  • सेवा सुबिधा: आपसी समझदारीमा ।
  • निबेदन दर्ताको तरिका:
  • ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
  • निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा

English मा: Prathamik Swastha Kendra Chatara

  1. खाता नं: २१६०१००००४६६८००१

English मा: 2160100004668001

  • निबेदन दिने अन्तिम समय: मिति २०७७/०९/२४ गते देखि मिति २०७७/१०/०९ दिनको १:०० बजे सम्म मात्र। यस स्वास्थ्य केन्द्रमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने हुदा सो अन्तिम दिन सार्बजनिक बिदा यदि पर्न गएमा पनि सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
  • अन्तर्बार्ताको मिति: अन्तर्बार्ताकाबारेमा सम्बन्धित निवेदकहरुलाई सुचित गरिनेछ, माग भएका पदहरुको आवश्यकताका आधारमा भिन्न भिन्न समयमा अन्तरबार्ता हुन सक्नेछ, अन्तरबार्ता सम्बन्धि सूचना कम्तिमा २ दिन (४८ घण्टा) को समय राखी प्रकशान गरिने र सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि अनिवार्य रुपमा सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु लेख्दा बिसेस बिचार गरिदिनुहुन अनुरोध छ।
  • कर्मचारी छनौट सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।

साथै माथि उल्लेखित कुनै पनि जनशक्ति (पद) हरुको लागि कुनै पनि संघ/संस्था वा व्यक्तिले जनशक्ति खर्च उपलब्ध (Sponsor) गर्न ईच्छुक हुनुभएमा स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन समेत यसै सुचना मार्फत अनुरोध एबम अपिल गर्दछौ थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]