२९ पौष २०८२, मंगलबार

प.स.:०७७/०७८, च.नं:३६२, मिति: २०७७/१०/२५

बिषय: करार सेवामा लिने बारे सूचना ।

सूचना जारी मिति: २०७७/१०/२५

प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं: ३०८, मिति २०७७/०९/२४ र च.नं: ३३५, मिति २०७७/१०/११ गतेको सूचना अनुसार करार सेवामा माग भएका क्रमश: Bachelor in Physiotherapy र Diploma in Physiotherapy दुवै पदका लागि आबेदन नपरेको हुदा करार सेवामा लिन सम्बन्धित सबैका लागि पुन यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • आवश्यक कर्मचारीको पद र संख्या:
  • Bachelor in Physiotherapy वा Diploma in Physiotherapy मध्य एक जना ।
  • न्युनतम योग्यता:
  • Bachelor in Physiotherapy वा Diploma in Physiotherapy मध्य जुन पदका लागि आबेदन दिने हो सोहि पदको लागि Bachelor in Physiotherapy वा Diploma in Physiotherapy/Proficiency Certificate level in Physiotherapy: मान्यता प्राप्त संस्थाबाट उतिर्ण गरेको नेपाली नागरिक हुनुपर्ने ।
  • पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
  • नेपाली नागरिकताको प्रतिलिपि र
  • न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु ।
  • Bachelor in Physiotherapy वा Diploma in Physiotherapy पदका लागि कम्तिमा हप्तामा दुई दिनको समय वा कम्तिमा दिनमा तीन घण्टा समय दिई part-timer कर्मचारीको रुपमा काम गर्न ईच्छुक निवेदकहरुले समेत निबेदन दिन सक्नुहुनेछ ।
  • आबेदन शुल्क: Bachelor in Physiotherapy पदको लागि रु. एक हजार रुपैया (फिर्ता नहुने गरि) र Diploma in Physiotherapy पदको लागि रु. पाच सय रुपैया (फिर्ता नहुने गरि) मात्र ।
  • छनौट तरिका: अन्तरबार्ता एबम प्रयोगात्मक ।
  • सेवा सुबिधा: आपसी समझदारीमा ।
  • निबेदन दर्ताको तरिका:
  • ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
  • निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा

English मा: Prathamik Swastha Kendra Chatara

  1. खाता नं: २१६०१००००४६६८००१

English मा: 2160100004668001

  • निबेदन दिने अन्तिम समय: मिति २०७७/१०/२५ गते देखि मिति २०७७/११/०२ दिनको १:०० बजे सम्म मात्र । यस स्वास्थ्य केन्द्रमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने हुदा सो अन्तिम दिन सार्बजनिक बिदा यदि पर्न गएमा पनि सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
  • अन्तर्बार्ताको मिति: अन्तर्बार्ताकाबारेमा सम्बन्धित निवेदकहरुलाई सुचित गरिनेछ, सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि अनिवार्य रुपमा सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु लेख्दा बिसेस बिचार गरिदिनुहुन अनुरोध छ ।
  • Bachelor in Physiotherapy वा Diploma in Physiotherapy कर्मचारी छनौट सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।

साथै माथि उल्लेखित कुनै पनि जनशक्ति (पद) हरुको लागि कुनै पनि संघ/संस्था वा व्यक्तिले जनशक्ति खर्च उपलब्ध (Sponsor) गर्न ईच्छुक हुनुभएमा स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन समेत यसै सुचना मार्फत अनुरोध एबम अपिल गर्दछौ । थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]