च.नं:४३९, मिति: २०७७/१२/०९
बिषय: करार सेवामा लिने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक निम्न जनशक्तिहरु नियुक्तिका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेअनुरुप सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या:
- जनस्वास्थ्य अधिकृत (BPH): एक जना,
- हेल्थ असिस्टेन्ट (HA): एक जना र
- रेडियोग्राफर (Radiographer): एक जना ।
- न्युनतम योग्यता:
- जनस्वास्थ्य अधिकृत (BPH): मान्यता प्राप्त संस्थाबाट Bachelor in Public Health उतिर्ण गरि NHPC मा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने,
- हेल्थ असिस्टेन्ट (HA): मान्यता प्राप्त संस्थाबाट Certificate in General Medicine उतिर्ण गरि NHPC मा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने,
- रेडियोग्राफर (Radiographer): मान्यता प्राप्त संस्थाबाट Diploma in Radiography उतिर्ण गरि NHPC मा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने ।
- आबेदनमा पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
- नेपाली नागरिकताको प्रतिलिपि र
- SLC/SEE देखि न्युनतम योग्यतामा उल्लेख भएका योग्यतासम्मको प्रमाणपत्र प्रतिलिपिहरु ।
- आबेदन शुल्क: जनस्वास्थ्य अधिकृत पदको लागि रु. एक हजार रुपैया र HA तथा रेडियोग्राफर पदको लागि रु.पाच सय रुपैया मात्र ।
- छनौट तरिका: लिखित र अन्तरबार्ता एबम प्रयोगात्मक ।
- सेवा सुबिधा: आपसी समझदारीमा ।
- निबेदन दर्ताको तरिका:
- ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु र निबेदन स्वास्थ्य केन्द्रको प्रशासन शाखामा वा chataraphc@gmail.com मा निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ,
- निबेदन दस्तुर यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
- बैंक खाता विवरण:
- बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
- खाताको नाम: प्राथमिक स्वास्थ्य केन्द्र चतरा
English मा: Prathamik Swastha Kendra Chatara
- खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
- निबेदन दिने अन्तिम समय: मिति २०७७/१२/०९ गते देखि मिति २०७७/१२/२२ दिनको ४:०० बजे सम्म मात्र । यस स्वास्थ्य केन्द्रमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने हुदा सो अन्तिम दिन सार्बजनिक बिदा यदि पर्न गएमा पनि सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
- लिखित परिक्षा र अन्तर्बार्ताको मिति: लिखित परिक्षा र अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सुचित गरिनेछ, माग भएका पदहरुको भिन्न भिन्न समयमा परिक्षा र अन्तरबार्ता हुन सक्नेछ, थप सूचना कम्तिमा २ दिन (४८ घण्टा) को समय राखी प्रकशान गरिने र सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि अनिवार्य रुपमा सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु लेख्दा बिसेस बिचार गरिदिनुहुन अनुरोध छ ।
- कर्मचारी छनौट सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।
साथै माथि उल्लेखित कुनै पनि जनशक्ति (पद) हरुको लागि कुनै पनि संघ/संस्था वा व्यक्तिले जनशक्ति खर्च उपलब्ध (Sponsor) गर्न ईच्छुक हुनुभएमा स्वास्थ्य केन्द्रमा सम्पर्क गरिदिनुहुन समेत यसै सुचना मार्फत अनुरोध एबम अपिल गर्दछौ । थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चतरा ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
- श्री वडा कार्यालय, बराहक्षेत्र न पा: २, सुनसरी । :- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ ।
