बिषय: करार सेवामा लिने बारे सूचना ।
प्रथम पटक सूचना प्रकाशन मिति: २०७७/१२/०९
दोश्रो पटक सूचना प्रकाशन मिति: २०७७/१२/२३
प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक तीन किसिमका पदका जनशक्तिहरु नियुक्तिका लागि च.नं.:४३९ मिति २०७७/१२/०९ गते प्रथम पटक प्रकाशित सूचनामा केहि पदहरुमा कुनै पनि आबेदन नपरेको हुदा यस कार्यालयको मिति २०७७/१२/२३ गतेको निर्णयानुसार तीन वटै पदहरुमा आबेदन दिन थप सात दिन मिति २०७७/१२/३० गते सोमबारका दिन ४:०० बजे सम्म म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
थप जानकारीका लागि प्रा स्वा के चतराको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chataraphc@gmail.com वा
https://chataraphc.p1.gov.np/details/1093.html वा
https://chataraphc.p1.gov.np/details/download वा https://www.facebook.com/chataraphc मा सम्पर्क गर्नुहुन अनुरोध छ ।