मिति: २०७९/०७/०६
बिषय: निम्न स्वास्थ्य सेवा स्थगित बारे सूचना ।
प्रस्तुत बिषयको सम्बन्धमा यस चतरा अस्पतालमा निम्न सेवाहरु दिपावली एबम छठ पर्बको निम्न समय सम्मका लागि स्थगित हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।
निम्न:
| क्र.सं. | स्वास्थ्य सेवा | स्थगित हुने समय/मिति | पुन सुरु हुने मिति | कै. |
| १. | भिडियो एक्सरे सेवा | मिति २०७९/०७/०७ देखि २०७९/०७/१६ गते सम्म | मिति २०७९/०७/१७ गते बिहिबार देखि पुन सुरु | |
| २. | आँखा उपचार सेवा | मिति २०७९/०७/०७ देखि २०७९/०७/१६ गते सम्म | मिति २०७९/०७/१७ गते बिहिबार देखि पुन सुरु | |
| ३. | फिजोयोथेरापी सेवा | मिति २०७९/०७/०७ देखि २०७९/०७/१६ गते सम्म | मिति २०७९/०७/१७ गते बिहिबार देखि पुन सुरु | |
| ४. | डेन्टल (दन्त) सेवा | मिति २०७९/०७/०७ देखि २०७९/०७/१३ गते सम्म | मिति २०७९/०७/१४ गते सोमबार देखि पुन सुरु |
यद्यपि अन्य स्वास्थ्य सेवाहरु नियमित रुपमा संचालन भईरहने जानकारी गरिन्छ ।
२०७९ सालको शुभ-दिपावली एबम छठ पर्बको
सम्पूर्ण सेवाग्राहिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
चतरा अस्पताल परिवार ।
