१९ बैशाख २०८३, शनिबार

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०५/१६ र २०८०/०६/०८ गतेको बैठक निर्णयानुसार मिति २०८०/०६/१२ गते प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका पदहरुमा मिति २०८०/०७/०२ गते लिईएको लिखित प्रयोगात्मक एवम् अन्तरबार्ता परिक्षामा निम्न परीक्षार्थीहरु सिफारिस गर्ने कर्मचारी छनौट एवम् सिफारिस समितिको निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । प्रकाशित नतिजाका सम्बन्धमा कुनै परीक्षार्थीहरुलाई कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८०/०७/०४ गते शनिबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । यस अस्पताल शनिबारका दिनमा पनि खुला रहने हुँदा सो मिति र समय भन्दा पछिका कुनै पनि दाबि बिरोध उपर कारबाही गरिने छैन । कुनै दाबी बिरोध परेमा सो बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ ।
साथै सिफारिस हुने आवेदकले मिति २०८०/०७/०४ गते बेलुकी ४:०० बजेसम्ममा नियुक्ति एवम् सम्झौताका लागि सम्बन्धित पदका न्यूनतम योग्यताका सक्कल प्रमाणपत्र/कागजपत्रहरु सहित अस्पताल प्रशासन शाखामा लिखित निबेदन पेश गर्नुहुन अनुरोध छ । अस्पतालमा सक्कल प्रमाणपत्र सहित तोकिएको समय सम्ममा नियुक्तिका लागि निबेदन प्राप्त नभएमा अस्पतालद्वारा अन्य बिकल्प अघि बढाईनेछ ।
निम्न:
१) अपथाल्मिक एसिस्टेन्ट (OA) पदमा तपशिल बमोजिम सिफारिस गरिएको छ ।
क्र.सं. नाम थर पद दर्ता नं प्राप्तांक नतिजा कै
१ सरिता राई O.A. ७३ ७३ छनौट
२ सिर्जना श्रेष्ठ O.A. ७४ ६७ प्रतिक्षारथ
२) ल्याब टेक्नोलोजिस्ट (BMLT) पदमा संलग्न परीक्षार्थीलाई सिफारिस गरिएको छैन ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]