२९ पौष २०८२, मंगलबार

बिषय: सार्बजनिक सुनुवाई कार्यक्रममा
उपस्थितिको लागि हार्दिक अनुरोध बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति समय र स्थानमा कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ ज्यूको प्रमुख आतिथ्यता र नगर प्रमुख श्री रमेश कार्की ज्यूको विशिष्ट आतिथ्यतामा हुन गईरहेको हुँदा चतरा अस्पतालका सम्पूर्ण सेवाग्राही, सरोकार निकाय, संघ/संस्था, महिलास्वास्थ्यस्वयंसेविका, पत्रकार एवम् सम्पूर्ण स्थानीय महानुभाबहरुलाई यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन र सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपशिल:
कार्यक्रमको नाम: चतरा अस्पतालको “सार्बजनिक सुनुवाई”
मिति: २०८०/०८/०७ गते बिहिबार
समय: दिनको १२:०० बजे
स्थान: चतरा अस्पताल
कार्यक्रमको विवरण:
१) ई-क्लिया, फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाईजर र एच्.पि.एल्.सि. मेसिन उद्घाटन,
२) आ.ब.२०७९/०८० को सामाजिक परीक्षण प्रतिबेदन प्रस्तुतिकरण,
३) आ.ब.२०७९/०८० को चतरा अस्पतालको सार्बजनिक सुनुवाई कार्यक्रम र
४) बिबिध कार्यक्रम।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]