बिषय: भुक्तानी सम्बन्धि जानकारी ।
प्रस्तुत सम्बन्धमा मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा हुन सफल” बराहक्षेत्र नगरपालिका वडा नं: ०२ स्थित चतरा अस्पतालमा पाल्नुहुने सेवाग्राहीहरु मध्ये ९०% भन्दा धेरै स्वास्थ्य बीमितहरु रहनुहुने हुँदा यस अस्पतालको आम्दानिको श्रोत पनि ९०% भन्दा धेरै स्वास्थ्य बीमा बोर्डमा निर्भर/आश्रित रहेको देखिन्छ । श्री स्वास्थ्य बीमा बोर्डद्वारा प.सं.२०८०/०८१, च.नं.: ४८३, मिति २०८१/०३/१३ गतेको पत्रानुसार यस आ.ब.२०८०/०८१ को छैठौं दाबि भुक्तानीको कुल रकमको ८०% (असी प्रतिशत) रकम भुक्तानी गरिएको भनेको २०८० साल मङ्सिर र पुष १५ गतेसम्मको रकम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । जम्मा ६३ जना स्वास्थ्यकर्मीहरु मध्ये स्थाई/प्रदेश/पालिका श्रोत मार्फत १३ जना र आन्तरिक श्रोत मार्फत ५० जनाद्वारा स्वास्थ्य सेवा प्रबाह गरिरहेको यस चतरा अस्पतालले श्री स्वास्थ्य बीमा बोर्डबाट मिति २०८१/०३/१३ गते २०८० मङ्सिर र पौष (१५ गते सम्म) को प्राप्त भुक्तानी रकमबाट तपशिल बमोजिम भुक्तानी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना जारी गर्ने चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०३/२२ गतेको निर्णय नं. २२ अनुसार सम्बन्धित सरोकार निकायहरु सबैलाई यथार्थ धरातलको जानकारीको लागि यो जानकारी पत्र जारी गरिएको व्यहोरा सादर अनुरोध छ ।
तपशिल:
क्र.सं. | विवरण | भुक्तानी गरिएको महिना | कै. |
१. | केमिकल/सर्जिकल आपूर्तिकर्ताहरु | २०८० साल मङ्सिर मसान्तसम्म | |
२. | औषधि आपूर्तिकर्ताहरु | २०८० साल पौष मसान्तसम्म | |
३. | कर्मचारी तलबभत्ता | २०८० चैत्र मसान्तसम्म | |
४. | स्थानीय आपूर्तिकर्ताहरु
(स्टाफ क्यान्टिन/स्टेशनरी/किराना/छापाखाना लगाएत) |
२०८१ बैशाख मसान्तसम्म |
“अतः अस्पतालले ढिला भुक्तानी गरेको होईन,
भुक्तानी ढिला आएकाले ढिला भएको जानकारी गरिन्छ ।”
बोधार्थ: