२९ पौष २०८२, मंगलबार

बिषय: भुक्तानी सम्बन्धि जानकारी ।

प्रस्तुत सम्बन्धमा मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा हुन सफल” बराहक्षेत्र नगरपालिका वडा नं: ०२ स्थित चतरा अस्पतालमा पाल्नुहुने सेवाग्राहीहरु मध्ये ९०% भन्दा धेरै स्वास्थ्य बीमितहरु रहनुहुने हुँदा यस अस्पतालको आम्दानिको श्रोत पनि ९०% भन्दा धेरै स्वास्थ्य बीमा बोर्डमा निर्भर/आश्रित रहेको देखिन्छ । प.सं.२०८१/०८२, च.नं.:१११, मिति २०८१/०६/२१ गते श्री स्वास्थ्य बीमा बोर्डद्वारा २०८० साल माघ फाल्गुन र चैत्रसम्मको रकम भुक्तानी प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । जम्मा ६६ जना स्वास्थ्यकर्मीहरु मध्ये स्थाई/प्रदेश/पालिका श्रोत मार्फत १६ जना र आन्तरिक श्रोत मार्फत ५० जनाद्वारा स्वास्थ्य सेवा प्रबाह गरिरहेको यस चतरा अस्पतालले श्री स्वास्थ्य बीमा बोर्डबाट मिति २०८१/०६/२१ गते २०८० माघ देखि चैत्रसम्मको प्राप्त भुक्तानी रकमबाट तपशिल बमोजिम भुक्तानी गरिएको व्यहोरा सम्बन्धित सरोकार निकायहरु सबैलाई स्पष्ट जानकारीको लागि यो जानकारी पत्र जारी गरिएको व्यहोरा सादर अनुरोध छ ।

तपशिल:

क्र.सं. विवरण भुक्तानी गरिएको महिना कै.
१. केमिकल/सर्जिकल आपूर्तिकर्ताहरु (ई-बिड) २०८० साल चैत्र मसान्तसम्म  
२. औषधि आपूर्तिकर्ताहरु (ई-बिड) २०८० साल चैत्र मसान्तसम्म  
३. औषधि आपूर्तिकर्ताहरु (क्यास काउन्टर) २०८१ साल असार मसान्तसम्म  
४. स्थानीय आपूर्तिकर्ताहरु २०८१ साल असार मसान्तसम्म  
५. कर्मचारी तलबभत्ता २०८१ साल असार मसान्तसम्म  
६. सामाजिक सुरक्षा कोष र स्टाफ क्यान्टिन २०८१ साल भदौ मसान्तसम्म  

अतः अस्पतालले ढिला भुक्तानी गरेको होईन,

भुक्तानी ढिला आएकाले ढिला भएको जानकारी गरिन्छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]