१८ बैशाख २०८३, शुक्रबार

 

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक डेन्टल क्राउन व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) बमोजिम “सिलबन्दी दरभाउपत्र” अनुसार निम्न शर्तहरु रहने गरी खरिद गरिने हुँदा सम्बन्धित सबैको लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।

निम्न:

खरिद सूचना नं विवरण जमानत रकम कै.
०३-२०८१/०८२ डेन्टल क्राउन रु.बिस हजार

 

शर्तहरु:-

  • शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण, सम्पर्क नं. र प.सं. एबम चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
  • शिलबन्दी दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८१/०८/०१ गते देखि २०८१/०८/१६ गते दिनको :०० बजे सम्म । यस अस्पतालको प्रशासन शाखा सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
  • शिलबन्दीमा बिशेष ध्यान दिन अनुरोध: कुनै पनि कारण सार्बजनिक खरिद नियमावलीको नियम ९क) बमोजिम पहिलो पटकको सूचनामा तीन वटा सारभूत रुपमा प्रभाबग्राही नभएको दरभाउपत्र पेश हुनआएको अवस्थामा पुन:दोश्रो पटक सूचना प्रकाशन गरिने र प्रथम पटक प्रभाबग्राही भएका निबेदनहरु दोश्रो पटकका लागि स्वत: मुल्यांकनमा समाबेश गरिने हुँदा सबै निबेदनकर्ताहरुलाई मूल शिलबन्दी भित्र दररेटलाई अलग खामबन्दी (डबल खामबन्दी) बनाई पेश गर्नुहुन जानकारी सहित अनुरोध गरिन्छ ।
  • शिलबन्दि दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी निबेदनहरु खोल्न खरिद तथा मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा निवेदकहरु सबैले चतरा अस्पतालको फेसबुक पेज र वेबसाइट save गरी राख्नुहुन अनुरोध गरिन्छ ।

 

  • निबेदन दस्तुर: प्रति शिलबन्दी दरभाउका लागि रु. एक हजार रुपैया मात्र लाग्नेछ ।
  • जमानत रकम: सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम ६) बमोजिमको माथि तोकिए बमोजिमको जमानत रकम अस्पतालको बिल काउन्टरमा बुझाएर वा अस्पतालको तपशिलको बैंक खातामा दाखिला गरेको भौचर वा बाणिज्य बैंकबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैंक जमानत (बैंक ग्यारेन्टी) को सक्कलै शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । जति वटा अनुसूचीमा निबेदन दिने हो सोहि अनुसारको जमानत रकमको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै तोकिएको निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
  • डेन्टल क्राउनको दररेट: आपूर्तिकर्ताले अस्पतालमा कम्तिमा हप्तामा एक पटक दक्ष प्राबिधिक पठाई अस्पतालमा आवश्यक क्राउनको नाप लिनुपर्नेछ, सो नाप लिएको बढीमा एक हप्तामा सो बमोजिमको डेन्टल क्राउन तयार गरी अस्पतालमा ढुवानी गरिदिनुपर्नेछ, कुनै कारणबश तयार गरिएको डेन्टल क्राउन नाप लिईएको बिरामीलाई फिट नभएमा आपूर्तिकर्ताले फिर्ता लिनुपर्नेछ र अस्पतालले सोको रकम तिर्ने छैन । साथै अस्पतालमा नाप लिन जाने आपूर्तिकर्ताको प्राबिधिकको खर्च एवम् ढुवानी खर्च अस्पतालले उपलब्ध गर्नेछैन । आपूर्तिकर्ताले पेश गर्ने प्रस्तावित दररेटमा सबै समाबेश भएको मानिनेछ ।
  • डेन्टल क्राउनको आपूर्ति परिमाण: आपूर्तिकर्तासंग अस्पतालमा सेवाग्राहीको माग भएअनुरुप आवश्यकता भए बमोजिमका डेन्टल क्राउन अर्डर गरिनेछ । यसै सुचनाका आधारमा आपूर्तिकर्तासंग डेन्टल क्राउनको खरिद गरिने परिमाण निश्चित भने गरिनेछैन/हुनेछैन । यस सम्बन्धमा आपूर्तिकर्ताको कुनै दाबि बिरोध लाग्नेछैन ।
  • नाप एवम् ढुवानी: अस्पतालद्वारा माग भए बमोजिमको परिमाणका सामाग्री (डेन्टल क्राउन) हरु नाप तथा आपूर्तिका लागि आपूर्तिकर्ताले चतरा अस्पतालसम्म निशुल्क रुपमा ढुवानी गरिदिनुपर्नेछ । आपूर्तिकर्ताले आवश्यकता अनुसार वा कम्तिमा पनि हप्तामा एक पटक नियमित रुपमा निशुल्क नाप तथा ढुवानी गर्नुपर्नेछ । आपूर्तिकर्ताले कुनै सामाग्री अस्पतालमा पठाउँदा अस्पतालमा प्राप्त भएको समयमा जुनसुकै कारण पनि टुटे/फुटेको वा गुणस्तरीय अवस्थामा नरहेको भएमा अस्पतालद्वारा सो सामाग्री लिईनेछैन ।
  • गुणस्तर एवम् वारेन्टी: आपूर्तिकर्ताले उपलब्ध गराउने डेन्टल क्राउनहरु नियमानुसारका गुणस्तर मापदण्ड पुरा गरेका हुनुपर्नेछ । आपूर्तिकर्ताले आफुले पेश गरेको डेन्टल क्राउनसंग सम्बन्धित दररेटसंगै वारेन्टी समय उल्लेख गर्नुपर्नेछ, वारेन्टी उल्लेख नभएकाहरुको हकमा प्रचलित चलनचल्ती अनुरुप मानिनेछ । कुनै सामाग्री गुणस्तरहिन भएको गुनासो आएको अवस्थामा आपूर्तिकर्तालाई एक पटक जानकारी पश्चात स्पष्टिकरण सोधि नसिहत दिईने र पुन दोहोरिएमा आपूर्तिकर्तालाई नियमानुसारको जरिवाना सहित कारबाही प्रक्रिया अघि बढाईनेछ ।
  • आईटम वाईज स्वीकृत: एकै किसिम/मोडेलका डेन्टल क्राउनहरु आईटम वाईज स्वीकृत गरिनेछ । यद्यपि डेन्टल क्राउनहरुको प्रकृति एवम् किसिम अनुसार भने एक भन्दा बढी आपूर्तिकर्तासंग समेत सम्झौता गर्न सकिनेछ ।

 

  • कबोल अंक र अक्षर: निबेदनमा डेन्टल क्राउनको प्रति ईकाई दर (per unit costs) कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
  • भुक्तानीको बिषय:
  • चतरा अस्पतालसंग सुरु पुंजी (Capital Amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले बिभिन्न निकायबाट लिनु पर्ने भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • शिलबन्दी निबेदन दर्ताको तरिकाहरु:
  • प्रथम तरिका: अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
  • दोश्रो तरिका: हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पष्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
  • तेश्रो तरिका: ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान गरि pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ । तर आपूर्तिकर्तालाई सकेसम्म स्वयं उपस्थित भई, त्यसपछी हुलाक रजिस्टर्ड मार्फत र कुनै बिशेष कारण प्रथम र दोश्रो बिकल्पद्वारा नमिलेको अवस्थामा मात्र इमेल गरि शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ । साथै कुनै कारण ईमेल मार्फत निबेदन पेश गर्नुहुने आपूर्तिकर्ताहरुले जमानत रकम भने अस्पतालको खातामा नै Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला गरेको भौचरको प्रतिलिपि पेश गरेको हुनुपर्नेछ, यसरी अस्पतालको खातामा जमानत रकम दाखिला नगरी पेश हुन आएका ईमेल मार्फतका निबेदनहरु मुल्यांकनमा समाबेश हुनेछैनन् ।
  • निबेदन दस्तुर बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला मार्फत भुक्तानी गर्न सकिनेछ,

 

 

बैंक खाता विवरण:

  1. बैंकको नाम:             राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
  2. खाताको नाम: चतरा अस्पताल

English मा:           Chatara Aspatal

  1. खाता नं: २१६०१००००४६६८००१

English मा:           2160100004668001

  • शिलबन्दी दरभाउ स्वीकृत (पूर्ण वा आंशिक) तथा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ता छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र व्यवस्थापन समितिमा निहित रहनेछ ।
  • आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।

थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८६२०७४४५५ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

 

……………………

 

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
  • श्री १ र २ नं वडा कार्यालय: यस सूचनालाई वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]