२८ आषाढ २०८२, शनिबार

बिषय:- परोपकार कोष सम्बन्धि जानकारी बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको निबर्तमान समिति, निबर्तमान सल्लाहकार समिति, बर्तमान समिति तथा सहयोगी दाताहरुद्वारा प्राप्त सहयोग रकमबाट संचालित परोपकार कोष: चतरा अस्पताल संग चतरा अस्पतालको व्यवस्थापन समितिको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं: ०४ अनुसार अस्पतालमा स्वास्थ्य बीमामा उधारो कारोबार बृद्धि भई अस्पतालमा नगद प्रबाह कमिका कारण सेवाग्राहीहरुको माग अनुसारका औषधिहरु तथा सर्जिकल सामग्रीहरुको नियमित एवम् निरन्तर रुपमा व्यवस्थापन गर्न कठिनाई भएका कारण सहुलियतपूर्ण रुपमा रकम माग भई आएकोमा परोपकार कोष संचालन समितिको मिति २०८१/१०/०१ को बैठक निर्णयद्वारा उपलब्ध गरिएको र सोहि समय देखि चतरा अस्पतालमा नगद खरिद गर्नुपर्ने सबै किसिमका औषधिहरुमा साबिकमा ५% छुट उपलब्ध भईरहेकोमा मिति २०८० फाल्गुन महिना देखि सबै औषधिमा कम्तिमा १०% रकम छुट हुने व्यवस्था कार्यान्वयन गर्नुभएका कारण धेरै सर्बसाधारण सेवाग्राहीहरु प्रतक्ष्य रुपमा लाभान्वित भईरहनुभएको एवम् सहज रुपमा औषधिहरु आपूर्ति भईरहेको बिषय सम्बन्धित सबैको जानकारीको लागि परोपकार कोष संचालन समितिको मिति २०८१/०४/२३ को बैठक निर्णयानुसार यो जानकारी पत्र जारि गरिएको छ ।

अन्त्यमा ५% छुटबाट १०% छुट हुने व्यवस्था निर्णय गर्ने चतरा अस्पताल व्यवस्थापन समिति र कार्यान्वयनमा सहयोग गर्नुहुने परोपकार कोष संचालन समिति एवम् सम्बन्धित सबैलाई लाभान्वित सेवाग्राहीहरुको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]