०८ माघ २०८२, बुधबार

बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको सुझाब पेटिका लाई मिति २०८१/०८/१६ गते अस्पतालका म्यानेजिंग डाईरेक्टर, सूचना अधिकारी, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका नौ (९) वटा सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

  • सुझाब नं ०१: “बिजयादशमीको शुभकामना दिनुभएको छ”

अस्पतालको धारणा: स-धन्यबाद हजुरलाई पनि ढिलै भए पनि शुभकामना व्यक्त गर्दछौं ।

  • सुझाब नं ०२: “प्लास्टिक ब्याग निशुल्क उपलब्ध गरिदिन अनुरोध”

अस्पतालको धारणा: प्लास्टिक ब्याग ब्याण्ड भएको हुँदा उपलब्ध नगरिएको हो, कम्तिमा पनि ओ.पि.डी. मा आउनुहुनेहरुले घरबाटै सामान्य किसिमको भएपनि ब्याग/थैली/झोला लिई आईदिनुहुन अनुरोध छ ।

  • सुझाब नं ०३-०४: “कण्डम सकिएको अवस्था रहेको”

अस्पतालको धारणा: हाल अस्पतालमा रहेको मौज्दात सकिएको र पालिकामा समेत सकिएको भन्ने जानकारी आएको हुँदा पालिकाबाट प्राप्त हुनासथ उपलब्ध गरिनेछ ।

  • सुझाब नं ०५-०६: “फार्मेसीमा अलिक छिटो हुने गरि प्रबन्ध मिलाउन अनुरोध” र “भिड व्यवस्थापन सम्बन्धि आवश्यक कदम चाल्न अनुरोध छ:- सचेतनागरिक”

अस्पतालको धारणा: फार्मेसीमा औषधि दिने मात्र नभई, लाईभ क्लेम हुने, सबै कागजपत्रहरु उपचारका बिधि प्रक्रिया छाप लगाएत सबै बिषयहरु सोहि समय मै रुजु गर्नुपर्ने, कागजपत्रहरु स्क्यान गरी सोहि समय मै बीमा बोर्डको साईटमा प्रेष्ण गर्नुपर्ने, पहेंलो कार्ड भर्नुपर्ने, क्यापिंग भएका औषधि तथा ल्याब परिक्षणहरुको रुजु गर्नुपर्ने, औषधि बुझाउनुपर्ने, भएको हुँदा समय लागेको हो । दुवै फार्मेसीहरु र काउन्टर/मुलदर्ता बाहिर सार्न निर्माणाधीन रहेको हुँदा बाहिर सरेपछी डिजिटल टोकन सिस्टम लगाईने हुँदा लाईन/भिड/ व्यवस्थापन हुने र लाईनमा उभिन नपर्ने व्यवस्था हुनेछ ।

  • सुझाब नं ०७: “भिडियो एक्सरेको रिपोर्ट एकै पटक दिने भएकोले भिड भएको हुनाले ध्यान दिन अनुरोध”

अस्पतालको धारणा: भिडियो एक्सरेको रिपोर्ट १०-१० जना जतिको गरी लट-लट गरी दिने गरिएको छ, भिडियोएक्सरे मेसिनबाट प्राप्त तस्बिरलाई प्रति व्यक्ति रिपोर्ट तयार बनाउन लाग्दा धेरै समय लाग्ने भई सेवा नै ढिला हुने हुँदा यस्तो व्यवस्था गरिएको हो ।

  • सुझाब नं ०८: “पुरुष शौचालयमा शौचालय दुईवटा तर ढोका एउटा रहेको, किन होला:- सचेत नागरिक”

अस्पतालको धारणा: पुरुष शौचालयको एउटा पाईप लाईनमा कहिले काहीं कोहि व्यक्तिहरुले बिभिन्न कुराहरु प्यान मै हाली जाम गराई राखिदिने गरेको पाईएकाले, एउटा अतिरिक्त प्यान पनि लगाईएको हो, दुई जना जान भनेर बनाईएको होईन्, एउटा मान्छेलाई नै आपत परेको बेलामा सहज होस् भनेर मात्र हो।

  • सुझाब नं ०९: “सुझाब पेटिका अग्लो स्थानमा रहेको हुँदा हाईट कम हुनेहरुलाई असहज भएकोछ:- भाईसरकार”

अस्पतालको धारणा: सुझाबको लागि धन्यबाद, सुझाब अनुसार व्यवस्थापन गर्नेछौं ।

अन्त्यमा: सुझाब पेटिका मै लिखित रुपमा सुझाब उपलब्ध गरिदिनुहुनेहरु र ईमेल, फोन तथा अस्पतालमा भेटेरै सुझाब दिनुहुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]