०४ साउन २०८२, शनिबार

बिषय: नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुले

KHDC मा नाम दर्ता गराउनुहुन सम्बन्धि सूचना ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र KHDC नेपाल बीच सम्झौता भई “NCD (नसर्ने रोग) क्लिनिक” तपशिल बमोजिमको समयमा संचालन भई आवश्यक स्वास्थ्य परिक्षण एवम् परामर्श भईरहेको छ । यद्यपि यस समय सम्ममा कतिपय सेवाग्राहीहरु KHDC मार्फत स्वास्थ्य परिक्षण एवम् परामर्श सेवा लिन छुटिरहनुभएको हुँदा तपशिल बमोजिमका सेवाग्राहीहरुलाई KHDC मा दर्ता भई स्वास्थ्य परिक्षण एवम् परामर्शको लागि आवश्यक जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सेवाग्राहीहरुले KHDC मा नाम दर्ता पश्चात तोकिए बमोजिमको समयमा फलोअप (Follow up) गरी स्वास्थ्य परिक्षण एवम् परामर्शमा थप सहजता हुने हुँदा सम्बन्धित सबैलाई सोहि बमोजिम अनुरोध गरिन्छ ।

 

तपशिल:

  • किड्नीसंग सम्बन्धित सेवाग्राहीहरु,
  • प्रेसरसंग सम्बन्धित सेवाग्राहीहरु,
  • सुगरसंग सम्बन्धित सेवाग्राहीहरु,
  • मुटुसंग सम्बन्धित सेवाग्राहीहरु,
  • दमसंग सम्बन्धित सेवाग्राहीहरु ।

नोट:

  • सेवाग्राहीहरुले आफ्ना पुराना सबै कागजपत्रहरु परिक्षणका रिपोर्टहरु लिई आउनुहुन अनुरोध छ,
  • KHDC द्वारा संचालित “NCD (नसर्ने रोग) क्लिनिक” बिहान ९:०० बजे देखि बेलुकीको ५:०० बजेसम्ममा संचालित रहने छ,
  • KHDC द्वारा संचालित “NCD (नसर्ने रोग) क्लिनिक” बुधाबरका दिन बिदा रहनेछ ।

बोधार्थ:

  • श्री वडा नं १ र २ को कार्यालय, बराहक्षेत्र नगरपालिका:- सम्बन्धित बिषयका सेवाग्राहीहरुलाई जानकारीका लागि सहजीकरण गरि सहयोग गरिदिनुहुन अनुरोध छ ।
  • श्री KHDC नेपाल: जानकारीको लागि अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]