बिषय: “पब्लिक हेल्थ क्लिनिक” संचालन सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०८/२६ गतेको निर्णय बमोजिम मिति २०८१ पौष ०१ देखि सेवाग्राहीहरुको स्वास्थ्य प्रबर्धनका लागि जनस्वास्थ्य क्लिनिक (पब्लिक हेल्थ क्लिनिक) संचालन गर्न गईरहेको हुँदा तपशिल बमोजिमको तयारि गर्नुहुन अनुरोध छ ।
तपशिल:
- समय: दिनको २:०० बजे देखि दिनको ५:०० बजेसम्म,
- कक्ष: भिडियो एक्सरे कक्ष (कोठा नं: ०४) / ए.एन.सि. कक्ष (कोठा नं: १२),
- सेवा प्रदायक चिकित्सकहरु:
डा अनिल गिरी, डा नबिन अधिकारी र डा दिव्या सोनाली
- अन्य सेवाप्रदायक स्वास्थ्यकर्मीहरु:
श्री योगेन्द्र कट्टेल/श्री कुलानन्द अभिलाषी/श्री यम बहादुर भण्डारी
श्री मेनुकला राई/श्री कौशिला राई/श्री जानुका राई/श्री सिता श्रेष्ठ
- बिशेष स्वास्थ्य सेवा तथा परामर्श:
- नसर्ने रोगहरुसंग सम्बन्धि परामर्श,
- उष्णप्रदेशीय रोगहरु (नेग्लेक्टेड ट्रपिकल डिजिज) सम्बन्धि परामर्श:
- कुष्ठरोग/हात्तीपाईले/माटोबाट सार्ने जुका/चिकेनगुनिया/कालाजार/रेबिज/सर्पदंश/लुतो/खश्रे रोग (ट्राकोमा)/मलेरिया/कालाजार/डेंगी/स्क्रब टाईफस
- क्षयरोग/टि.बि. सम्बन्धि परामर्श,
- बच्चा बच्चीहरुको उमेर अनुसार तौल भए नभएको बिषयमा परामर्श,
- किशोरकिशोरीहरुको लागि स्वास्थ्य सेवा परामर्श,
- बच्चाहरुको खोपसंग सम्बन्धि परामर्श,
- यौन शिक्षा एवम् महिनावारि सम्बन्धि परामर्श,
- परिवार योजना सम्बन्धि परामर्श,
- पोषण तथा खानासंग सम्बन्धित परामर्श,
- सुरक्षित प्रसुती तथा गर्भवती स्याहार सम्बन्धि परामर्श एवम् सुरक्षित गर्भपतनसंग सम्बन्धि परामर्श,
- मनोबैज्ञानिक परामर्श,
- बिबिध प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवाका लागि आवश्यक परामर्श, समन्वय एवम् सम्बन्धित स्थानमा प्रेषण ।
बोधार्थ:
- श्री वडा नं ०१ र ०२, बराहक्षेत्र नगरपालिका, सुनसरी: जानकारी सहित सोहि बमोजिम सेवाग्राहीहरुलाई जानकारी/सूचना गरिदिनुहुन हार्दिक अनुरोध छ ।
- थप जानकारी एवम् समन्वयका लागि: श्री यम बहादुर भण्डारी: ९८६२८१२०४०
