बिषय: आयुर्वेदिक औषधि लागि
शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।।
दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/०१ ।।
खरिद सूचना नं: ०७-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३३६, मिति २०८१/०८/१५ गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “आयुर्वेदिक औषधि” का लागि सार्बजनिक खरिद नियमावली: २०६४ को नियम ८४ को उपनियम ३क) बमोजिम दोश्रो पटक सूचना प्रकाशन गर्नुपर्ने भएको हुँदा सम्बन्धित सबैको लागि मिति २०८१/०९/०२ देखि मिति २०८१/०९/१७ गते दिनको ४:०० बजेसम्म शिलबन्दी दरभाउपत्र पेश गर्नका लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ । सूचनाको पूर्ण विवरण तथा थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८६२०७४४५५ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np को downloads र NEWS मा वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
