बिषय: करार सेवामा लिने बारे सूचना ।
बिज्ञापन नं: ०१-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/०३/२२ र मिति २०८१/०८/२६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या:
- मेडिकल अधिकृत (MBBS): आठौँ तह: एक जना,
- ईलेक्ट्रीसियन/प्लम्बिंग/ए.सि./फ्रीज मर्मतकर्ता (पार्ट टाईम): एक जना व्यक्ति/संस्था/फर्म ।
- न्युनतम योग्यता:
क) बुंदा नं “क” सम्म: मान्यता प्राप्त संस्थाबाट MBBS बिषय उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ ।
ख) बुँदा नं “ख” का लागि कम्तिमा पनि एक विधामा सम्बन्धित बिषयहरुमा मान्यता प्राप्त संस्थाहरुबाट तालिम प्राप्त भएको हुनुपर्नेछ, निबेदन दिनका लागि कम्तिमा एक बिषयको आधिकारिक प्रमाणपत्र हुनुपर्नेछ भने जति धेरै बिषयमा तालिम तथा अनुभब रहेको हुनेछ सोहि अनुसार प्राथमिकता हुनेछ । साथै कुनै सम्बन्धित फर्म/संस्थाद्वारा समेत सोहि बमोजिमका कागजात सहित निबेदन पेश गर्न सकिनेछ ।
- पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
- थप जानकारी/बिषय:
- मेडिकल अधिकृत (MBBS): चतरा अस्पतालमा मिति २०७५/०५/०१ गते देखि बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. सेवा संचालन भईरहेको हुँदा सो कार्यक्रम/सेवा सम्बन्धि प्रतिबद्धता भएको/रहेको हुनुपर्नेछ,
- ईलेक्ट्रीसियन/प्लम्बिंग/ए.सि./फ्रीज मर्मतकर्ता: पार्ट टाईम रुपमा कामकाज गर्नुपर्नेछ,
- आबेदन शुल्क: बुंदा नं “क” को लागि रु.एक हजार, बुंदा नं “ख” का लागि रु.दुई सय आबेदन शुल्क लाग्नेछ ।
- छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
- सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
- निबेदन दर्ताको तरिका: निबेदनको फर्म https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
- अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
- ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
- बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
- खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
- खाता नं: २१६०१००००४६६८००१ English मा: 2160100004668001
- निबेदन दिने समय:
- मिति २०८१/०९/०४ गते देखि २०८१/०९/१२ गते सम्म दिनको ४:०० बजे सम्म।
- परिक्षाको मिति:
- मेडिकल अधिकृतका लागि: मिति २०८१ पौष १३ गते शनिबार बिहान १०:०० बजे देखि चतरा अस्पतालमा परिक्षा संचालन हुनेछ ।
- ईलेक्ट्रीसियन/प्लम्बिंग/ए.सि./फ्रीज मर्मतकर्ता (पार्ट टाईम) का लागि: मिति २०८१ पौष १४ गते आईतबार बिहान १०:०० बजे देखि चतरा अस्पतालमा परिक्षा संचालन हुनेछ ।
- अन्तर्बार्ता सम्बन्धि सूचना यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
- ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
- कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
नोट: थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
……………………
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस सुचना नगरपालिकाको सूचना पार्टी, फेसबुक साईट र वेबसाईटमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
- श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

