बिषय: रेडिएसन सर्भे सम्बन्धि
प्रस्ताब पेश गर्नुहुन बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०८/२६ गतेको निर्णय बमोजिम चतरा अस्पतालमा संचालित एक्सरे सेवाद्वारा उत्पन्न विकिरणहरुद्वारा कार्यरत कर्मचारीहरुमा पर्न सक्ने व्यवसायिक जोखिम (Occupational Hazards) सम्बन्धि अध्ययन गरी सुरक्षित कार्यस्थलको प्रत्याभूति गर्नका लागि प्राप्त सुझाब अनुरुप आवश्यक परेमा थप सजगता/प्रबर्द्धनात्मक बिधिहरु अपनाउने उद्देश्य सहित रेडिएसन सर्भेका लागि सम्बन्धित कार्यका लागि योग्य संस्था/फर्महरुलाई आफ्ना सम्बन्धित सबै कागजपत्रहरु सहित मिति २०८१/०९/११ गते देखि मिति २०८१/०९/२५ गते दिनको ४:०० बजेसम्म प्रस्ताब पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
थप सम्पर्क एवम् जानकारीका लागि
सूचना अधिकारि: ९८६२८१२०४०
