२९ पौष २०८२, मंगलबार

बिषय: सार्बजनिक सुनुवाई तथा साझा सवाल कार्यक्रममा निमन्त्रणा बारे ।

प्रस्तुत सम्बन्धमा नेपालको “राष्ट्रिय स्वास्थ्य नीति: २०७६” को रणनीति बुँदा नं: ६.१९.२ र ५ अनुसार चतरा अस्पतालको आ.ब.२०८१/०८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रमको बुँदा नं: ७६ अनुरुप चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०६/१८ गतेको निर्णय नं: ०८ बमोजिम चतरा अस्पतालमा तपशिल बमोजिमको मिति स्थान र समयमा निम्न बमोजिमका कार्यक्रमहरु रहेको हुँदा सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, बिभिन्न संघ/संस्था/वन/सहकारी/बैंक/बिद्यालय/सुरक्षा निकाय प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरु, यस अस्पतालका सम्पूर्ण सेवाग्राही एवम् सेवाग्राहीहरुका आफन्त ज्यूहरु र सम्पूर्ण ईच्छुक स्थानीय महानुभाबहरुलाई यसै पत्र मार्फत कार्यक्रममा सहभागीताको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।

तपशिल:

  • कार्यक्रमहरु:
  • आ.ब.२०८०/०८१ को सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुतीकरण,
  • आ.ब.२०८०/०८१ को आन्तरिक र बाह्य लेखा परिक्षण प्रतिबेदन प्रस्तुतीकरण,
  • सार्बजनिक सुनुवाई,
  • साझा सवाल र
  • बिबिध ।
  • मिति २०८१ माघ महिना १० गते बिहिबारका दिन,
  • समय: बिहानको ११:०० बजेदेखि,
  • स्थान: चतरा अस्पतालको प्रांगण ।

नोट:

कार्यक्रम सम्बन्धि अन्य विवरणहरु आगामी दिनमा थप सूचना मार्फत सूचित गरिनेछ ।

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]