बिषय: करार सेवामा लिने बारे सूचना ।
बिज्ञापन नं: ०२-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/१०/०७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
- आवश्यक कर्मचारीको पद र संख्या:
- ल्याब टेक्नोलोजिष्ट वा ल्याब टेक्निसियन: एक जना,
- हे.अ.(पुरुष): एक जना,
- स्टाफ नर्स: एक जना र
- अ.न.मि./अ.हे.ब.(महिला): दुई जना ।
- न्युनतम योग्यता:
क) मान्यता प्राप्त संस्थाबाट सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ ।
- पेश गर्नुपर्ने कागजपत्रहरु: न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्रहरु र तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
- थप जानकारी/बिषय:
- ल्याब टेक्नोलोजिष्ट वा ल्याब टेक्निसियन मध्यबाट एक जना मात्र छनौट गरिनेछ । छनौट पश्चात अन्य बिषय सम्बन्धितसंग हुने सम्झौता बमोजिम हुनेछ ।
- महिला र पुरुष सम्बन्धित बिभागहरुमा रिक्त स्थान/जिम्मेवारी भएको हुँदा रहेको छ ।
- सम्बन्धित पदहरुमा सम्बन्धित पदमा तोकिए बमोजिम कै योग्यता अनिवार्य रहेको हुनुपर्नेछ ।
- आबेदन शुल्क: बुंदा नं “क-ग” को लागि रु.पांच सय रुपैया र बुंदा नं “घ” का लागि रु.तीन सय आबेदन शुल्क लाग्नेछ ।
- निबेदन दिने समय:
- मिति २०८१/१०/०८ गते देखि २०८१/१०/२३ गते सम्म दिनको ४:०० बजे सम्म।
- परिक्षाको मिति पछी प्रकाशन गरिनेछ । परिक्षा सम्बन्धि सूचना यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, परिक्षा सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सूचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
- छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
- सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
- निबेदन दर्ताको तरिका: निबेदनको फर्म https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
- अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
- ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर eSewa, IPS, मोबाईल बैंकिंग वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
- बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
- खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
- खाता नं: २१६०१००००४६६८००१ English मा: 2160100004668001
- ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
- कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ९८०४०८०७६७ वा ९८१६३३८६१४ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
- श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस सुचना नगरपालिकाको सूचना पार्टी, फेसबुक साईट र वेबसाईटमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
- श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

