२८ आषाढ २०८२, शनिबार

बिषय: आयुर्वेदिक औषधि (१० आईटम) खरिदका लागि

पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।

सूचन प्रकाशन मिति: २०८१/१०/१३ ।।

खरिद सूचना नं: ०९/२०८१-०८२

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार प्रकाशित सूचना बमोजिम केहि आयुर्वेदिक औषधिहरुको सम्झौता हुन नसकेको हुँदा सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) बमोजिम “सिलबन्दी दरभाउपत्र” अनुसार निम्न शर्तहरु रहने गरी खरिद गर्नुपर्ने भएको हुँदा सम्बन्धित सबैको लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।

निम्न:

खरिद सूचना नं विवरण जमानत रकम कै.
०९-२०८१/०८२ आयुर्वेदिक औषधि (१० आईटम) रु.२३,०००/- (तेईस हजार रुपैया मात्र)  

माथि उल्लेखित सूचनाहरुको पूर्ण विवरण (खरिद सूचना अनुसारको भर्नुपर्ने अनुसूचीहरु) चतरा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा समेत राखिएको छ । सम्बन्धित सूचनाको अनुसूचीहरुको एक्सेल फाईल वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।

शर्तहरु:-

  • शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण, सम्पर्क नं. र प.सं. एबम चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
  • शिलबन्दी दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८१/१०/१४ गते देखि २०८१/१०/२९ गते दिनको :०० बजे सम्म । यस अस्पतालको प्रशासन शाखा सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
  • शिलबन्दीमा बिशेष ध्यान दिन अनुरोध: कुनै पनि कारण सार्बजनिक खरिद नियमावलीको नियम ९क) बमोजिम पहिलो पटकको सूचनामा तीन वटा सारभूत रुपमा प्रभाबग्राही नभएको दरभाउपत्र पेश हुनआएको अवस्थामा पुन:दोश्रो पटक सूचना प्रकाशन गरिने र प्रथम पटक प्रभाबग्राही भएका निबेदनहरु दोश्रो पटकका लागि स्वत: मुल्यांकनमा समाबेश गरिने हुँदा सबै निबेदनकर्ताहरुलाई मूल शिलबन्दी भित्र दररेटलाई अलग खामबन्दी (डबल खामबन्दी) बनाई पेश गर्नुहुन जानकारी सहित अनुरोध गरिन्छ ।
  • शिलबन्दी दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी निबेदनहरु खोल्न खरिद तथा मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा निवेदकहरु सबैले चतरा अस्पतालको फेसबुक पेज र वेबसाइट save गरी राख्नुहुन अनुरोध गरिन्छ ।
  • निबेदन दस्तुर: रु. एक हजार रुपैया (फिर्ता नहुने गरी) लाग्नेछ । यस अघिको सूचना बमोजिम सम्झौता भएकाहरुको हकमा भने निबेदन दस्तुर लाग्ने छैन ।
  • जमानत रकम: सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम ६) बमोजिमको माथि तोकिए बमोजिमको जमानत रकम अस्पतालको बिल काउन्टरमा बुझाएर वा अस्पतालको तपशिलको बैंक खातामा दाखिला गरेको भौचर वा बाणिज्य बैंकबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैंक जमानत (बैंक ग्यारेन्टी) को सक्कलै शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । हरेक खरिद सूचनामा तोकिएका बैंक जमानत रकमको सोहि बमोजिम बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । तर यसै अस्पतालका साबिकका आपूर्तिकर्ताहरुको हकमा भने निजहरुलाई यसै अस्पतालद्वारा तिर्न बाँकी (दायित्व) रकम भएमा सोहि रकमबाट नै तोकिए बमोजिमको रकम रोक्का रहने गरि निजहरुले यस अस्पताललाई सम्बोधन गरी सक्कल निबेदन पेश गरेमा सो निबेदनलाई नै जमानत (ग्यारेन्टी) मानिनेछ । यद्यपि यस अघिको सूचना बमोजिम सम्झौता गरेका/भएकाहरुको हकमा भने जमानत रकम लाग्ने छैन ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै खरिद सूचना अनुसारको निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र, माथि उल्लेख भए बमोजिमको जमानत रकम खुलेको सक्कल बैंक जमानत वा यसै अस्पतालको लागि सम्बोधन गरि लेखिएको निबेदनको सक्कल प्रति र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ । यद्यपि यस अघिको सूचना बमोजिम सम्झौता गरेका/भएकाहरुको हकमा सोहि विवरण खुलाई साबिक कै कागजपत्रहरु मान्य हुनेछ ।
  • कबोल दररेट: आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका सामाग्रीहरुको अनुसूची/अनुसूचीहरुको पूर्ण रुपमा भरिएको आधिकारिक दस्तखत छाप सहितको प्रति ईकाईको कबोल दररेट स्पष्ट रुपमा पेश गर्नुपर्नेछ । प्रति ईकाई दररेट उल्लेख गर्दा प्याकेटिंग अनुसार फरक पर्नेहरुको हकमा सो प्याकेटिंग कैफियतमा उल्लेख गर्नुपर्नेछ अन्यथा सो दररेट सबै किसिमका प्याकेटिंगका लागि मानिनेछ । सम्बन्धित अनुसूचिमा भएका सबै औषधिहरुमा अनिवार्य रुपमा कबोल रकम पेश गर्नुपर्नेछ
  • आयुर्वेदिक औषधिको गुणस्तर: अनुसूचिमा उल्लेख भएका आयुर्वेदिक औषधिहरुको नियमानुसारका गुणस्तर मापदण्ड पुरा गरेका हुनुपर्नेछ, आपूर्तिकर्ताले प्रस्ताब गरेका औषधिहरु DDA मा दर्ता भएको हुनुपर्नेछ ।
  • सामाग्रीको ढुवानी समय: अस्पतालद्वारा माग भए बमोजिमको समयमा माग भए बमोजिमको परिमाणमा आपूर्तिकर्ताले सामाग्री आपूर्ति गर्नुपर्नेछ । एक हप्ताको समय सहितको तीन पटक सम्म सामाग्री माग गर्दा समेत आपूर्तिकर्ताले सम्झौता भएका सामाग्रीहरु आपूर्ति नगरेमा/गर्न नसकेमा निजको बैंक ग्यारेन्टी जफत गरी नियमानुसारको कारबाहीको लागि प्रक्रिया अघि बढाईनेछ । अनुसूचिमा उल्लेखित सामाग्रीहरु यस अस्पताल सम्म ढुवानी निशुल्क रुपमा गर्नुपर्नेछ । आपूर्तिकर्ताले कम्तिमा हप्तामा एक पटक नियमित रुपमा आपूर्ति गर्ने व्यवस्था गर्नुपर्नेछ । अस्पतालद्वारा माग गरिए बमोजिमको परिमाणमा बोलपत्रदाताले औषधि आपूर्ति गर्नुपर्नेछ । अस्पतालसम्मको ढुवानी निशुल्क हुनुपर्नेछ । ढुवानीका समयमा सामाग्रीहरुमा कुनै पनि कारणबश क्षति भएमा अस्पताल कुनै पनि बहानामा जिम्मेवार हुनेछैन । अस्पतालमा औषधि ग्रहण (रिसिभ) गर्दाका समयमा औषधि/सामाग्री कुनै पनि किसिमले प्रयोगका लागि योग्य नभएमा त्यसको जबाफदेही अस्पताल हुनेछैन र त्यस्ता औषधि/सामाग्री फिर्ता गरिनेछ ।
  • औषधिहरुको म्याद र फिर्ता हुनुपर्ने शर्त: आपूर्तिकर्ताले आपूर्ति गर्ने औषधिहरुको म्याद कम्तिमा १८ महिनाको हुनुपर्नेछ, औषधिको म्याद गुज्रिन भन्दा तीन महिना अगाडी वा बोलपत्रदातासंग सहमत हुने समयावधि मै औषधि खपत नभएमा फिर्ता पठाईनेछ र त्यसरी फिर्ता गरिएका औषधिहरुको खरिद बराबर कै रकम आपूर्तिकर्तालाई भुक्तानी दिन बाँकी रकमबाट कट्टी गरी भुक्तानी गरिनेछ ।
  • सम्झौता भएका औषधिहरु उपलब्ध गराउन नसकेमा जरिवाना हुने: आईटम वाईज छनौट भई सम्झौता भएका औषधिहरु आपूर्तिकर्तालाई एक हप्ताको समय सहितको अधिकतम तीन पटक सम्म गरी २१ (एक्काईस) दिनसम्मको म्यादसम्म औषधि अनिवार्य रुपमा माग भएको परिमाणमा आपूर्ति गर्नुपर्नेछ, माग भएको परिमाण बमोजिम निर्धारित २१ दिनसम्ममा आपूर्ति नभएमा/हुन नसकेमा/नगरेमा सम्झौता बमोजिम जरिवाना गरिनेछ/हुनेछ ।
  • झोल औषधि: सम्भब हुँदा सम्म झोल (syrup) औषधीहरु प्लास्टिकको बोतलमा हुने किसिमको औषधि उपलब्ध गर्नुपर्नेछ ।
  • आईटम वाईज स्वीकृत: अनुसूचिहरुमा उल्लेख सामाग्रीहरु आईटम वाईज स्वीकृत गरिनेछ । कुनै आपूर्तिकर्ताको कुनै एक मात्र औषधि छनौट भएमा पनि सोहि अनुसारको कार्यसम्पादन जमानत सहित सम्झौता गर्नुपर्नेछ, अन्यथा हालको शिलबन्दी जमानत रकम जफत गरिनेछ/हुनेछ ।
  • कबोल अंक र अक्षर: निबेदनमा ल्याब केमिकल लगाएतको प्रति ईकाई दर (per unit costs of reagents) कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
  • भुक्तानीको बिषय:
  • चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाँकी रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • शिलबन्दी निबेदन दर्ताको तरिकाहरु:
  • प्रथम तरिका: अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
  • दोश्रो तरिका: हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पष्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
  • तेश्रो तरिका: ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान गरि pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ । तर आपूर्तिकर्तालाई सकेसम्म स्वयं उपस्थित भई, त्यसपछी हुलाक रजिस्टर्ड मार्फत र कुनै बिशेष कारण प्रथम र दोश्रो बिकल्पद्वारा नमिलेको अवस्थामा मात्र इमेल गरि शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ । साथै कुनै कारण ईमेल मार्फत निबेदन पेश गर्नुहुने आपूर्तिकर्ताहरुले जमानत रकम भने अस्पतालको खातामा नै Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला गरेको भौचरको प्रतिलिपि पेश गरेको हुनुपर्नेछ, यसरी अस्पतालको खातामा जमानत रकम दाखिला नगरी पेश हुन आएका ईमेल मार्फतका निबेदनहरु मुल्यांकनमा समाबेश हुनेछैनन् ।
  • निबेदन दस्तुर वा जमानत रकम बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला मार्फत भुक्तानी गर्न सकिनेछ,

बैंक खाता विवरण:

  1. बैंकको नाम:           राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
  2. खाताको नाम: चतरा अस्पताल

English मा:         Chatara Aspatal

  1. खाता नं: २१६०१००००४६६८००१

English मा:         2160100004668001

  • पुन: सूचना गर्न सकिने: निवेदकहरुद्वारा प्रस्ताब गरिएको कबोल रकम अस्पतालद्वारा तयार गरिएको अधिकतम खरिद मुल्य भन्दा बढी भएमा ति औषधिहरु छनौट गरिनेछैनन् र तीनीहरुका लागि पुन:सूचना प्रकाशन गरिनेछ । अस्पतालद्वारा निर्णय भएको औषधिहरुको प्रति ईकाई अधिकतम खरिद मुल्यका सम्बन्धमा बोलपत्रदाता/निवेदकको कुनै दाबि/बिरोध लाग्ने छैन ।
  • शिलबन्दी दरभाउ स्वीकृत (पूर्ण वा आंशिक) तथा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ता छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र व्यवस्थापन समितिमा निहित रहनेछ ।
  • आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।

थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८६२०७४४५५ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
  • श्री १ र २ नं वडा कार्यालय: यस सूचनालाई वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]