प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं. २०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना र प.स. २०८१/८२, च.न. ६२३, मिति २०८१/१२/०२ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/१२/०४ गते सोमवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ। प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८१/१२/०७ गते बिहिवार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८१/१२/०८ गते शुक्रवार दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ।