२९ पौष २०८२, मंगलबार

मौजुदा सूची दर्ता गराउने सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ गते

यस अस्पतालका लागि आ.व २०८२/०८३ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु तथा सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरुवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत सबैमा यो सुचना प्रकाशित गरिएको छ ।

क) खरिद आपूर्ती तथा मर्मत सम्बन्धी

१) स्टेशनरी कार्यालय सामान तथा मसलन्द सामानहरुको आपुर्ति कार्य ।

२) छपाईसम्बन्धी सामानहरु (प्रेस पत्रपत्रिका र अन्य) छाप्ने कार्य ।

३) इलेक्ट्रोनिक्स (ए.सी. फ्रिज, कम्प्युटर, प्रिन्टर) सामानहरु सप्लाई तथा मर्मत सम्बन्धीत कार्य ।

४) फर्निचर तथा फिनिसिङ्गका सामानहरु सप्लाई तथा मर्मत सम्बन्धीत कार्य ।

५) पुस्तक तथा पत्रपत्रिका छपाई एवम सप्लाई गर्ने कार्य ।

६) सवारी साधन (गाडि) मर्मत सम्भार सम्बन्धीत कार्य ।

७) विद्युतिय सामानहरु आपुर्ति तथा मर्मत सम्बन्धी कार्यहरु ।

८) निर्माण हार्डवयर प्लविङ्ग तथा रगंरोगन कार्यहरु र अन्य निर्माण सामाग्रीहरु सप्लाई तथा मर्मत कार्य ।

सम्बन्धी

९) इन्टरनेट सेवा सुचीकृत फर्म तथा सप्लायर्सहरु इन्टरनेट जडान सम्वन्धीत कार्य ।

१०) एक्सरे फिल्म, ल्याव केमिकल सप्लायर्स सम्वन्धी कार्य गर्न ।

११) एक्सरे इ.सि.जि. अल्ट्रासाउण्ड, माइकोस्कोप, डेण्टल, ल्याब लगायत सम्पुर्ण उपकरणको स्पेयर्स पार्टहरु मर्मतको लागि ।

१२) औषधीका सामानहरु/औपधीहरु/सर्जिकल / सामानहरु खरिद गर्न ।

१३) मेडिकल उपकरणहरु सम्बन्धि सामाग्री खरिद गर्न ।

१४) अस्पताल संग अन्य सेवा हरु ।

ख) निवेदन साथ पेश गर्न पर्ने आवश्यक कागजातहरु

१) फर्म तथा कम्पनि दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

२) मुल्य अभिवृधि कर (VAT) तथा स्थायी लेखा नं (PAN NO.) को प्रतिलिपि ।

३) कर चुक्ताको प्रमाण पत्र ।

४) प्रोपाइटरको नागरिता प्रमाण पत्रको प्रतिलिपि ।

५) कालो सुचिमा नपरेको स्वघोषणा पत्र ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]