श्री आपूर्तिकर्ताहरु (सबै)
बिषय:- सम्झौताको म्याद थप बारे ।
प्रस्तुत सम्बन्धमा मिति २०८२/३/३१ गते अस्पताल व्यबस्थापन समितिको बैठकको निर्णय नं १ अनुसार चतरा अस्पतालमा साबिक मेसिन संगै सम्झौता भएको ल्याब केमिकल ,एक्सरे फ्लिम, सर्जिकल सामाग्री लगायत मेसिन संगै सम्झौता भएको भन्दा बाहेक ल्याब केमिकल , आयुर्वेद औषधि डेन्टल सर्जिकल ,इ बिडिंग औषधि ,सशुल्कको औषधि को सम्झौता म्याद २०८१ असार मसान्तमा सकिएको भएता पनि बिबिध कारणबश यस आ.ब.२०८२ /०८३ को सम्झौता प्रकिया ढिलाई भएको हुँदा र अस्पतालमा स्वास्थ्य सेवा प्रबाहमा निरन्तरताका लागि यस आ.ब. २०८२ /०८३ मा सम्बन्धित बिषयका नयाँ आपूर्तिकर्ताहरुसंग सम्झौता भई लागु नहुने मिति सम्मका लागि साबिक कै आपूर्तिकर्ताहरुसंग साबिक बमोजिम कै दररेटमा खरिद गर्ने गरी साबिक कै सम्झौताको म्याद थप गर्ने निर्णय अनुसार यो परिपत्र जारि गरिएको छ ।
यद्यपि यस परिपत्र पश्चात कुनै पनि आपूर्तिकर्ताद्वारा सम्बन्धित सामाग्रीहरु आपूर्ति नगर्ने भएमा निजहरुद्वारा लिखित पत्रचार गर्नुपर्नेछ। अन्यथा आपूर्तिकर्ताहरुद्वारा स्वस्तः यस परिपत्र उपर सम्बन्धि सहमति जनाईएको मानिनेछ । साथै यस बीचमा भए/गरेका कारोबारहरु समेत यसै परिपत्रद्वारा भएको मानिनेछ ।