१८ बैशाख २०८३, शुक्रबार

बिषय: ल्याब केमिकल/औजार उपकरण, विविध सर्जिकल तथा

डेन्टल सर्जिकल खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।

प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०८/१२ ।

खरिद सूचना नं: ०२-२०८२-०८३

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ का लागि आवश्यक ल्याब केमिकल/ औजार उपकरण, विविध सर्जिकल तथा डेन्टल सर्जिकल व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १ क) बमोजिम “सिलबन्दी दरभाउपत्र” अनुसार निम्न शर्तहरु रहने गरी खरिद गर्नुपर्ने भएको हुँदा सम्बन्धित सबैको लागि यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।

निम्न:

क्र.स खरिद सूचना नं विवरण जमानत रकम कैफियत
०२.१-२०८२/०८३ ल्याब केमिकल/औजार उपकरण (अनुसुची १) PDF_file रु.१,०५,०००/- (एक लाख पाँच हजार रुपैया मात्र) प्रत्येक खरिद सूचनाका लागि अनिवार्य रुपमा अलग अलग निबेदन र सोहि बमोजिमको जमानत रकम दिनुपर्नेछ ।
०२.२-२०८२/०८३ विविध सर्जिकल (एक्स-रे) सामाग्री (अनुसुची-२) PDF_file रु.१,०६,०००/- (एक लाख छ हजार रुपैया मात्र)
०२.३-२०८२/०८३ डेन्टल सर्जिकल सम्बन्धि सामाग्री (अनुसुची-३)PDF_file रु.२३,०००/- (तेईस हजार रुपैया मात्र)

 

माथि उल्लेखित सूचनाहरुको पूर्ण विवरण (खरिद सूचना अनुसारको भर्नुपर्ने अनुसूचीहरु) चतरा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा समेत राखिएको छ । सम्बन्धित सूचनाको अनुसूचीहरुको एक्सेल फाईल वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।

शर्तहरु:-

  • शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण, सम्पर्क नं. र प.सं. एबम चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
  • शिलबन्दी दरभाउपत्र निबेदनदिने मिति र समय: मिति २०८२/०८/१३ गते देखि २०८२/०८/२८ गते दिनको ४:०० बजे सम्म । यस अस्पतालको प्रशासन शाखा सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
  • शिलबन्दीमा बिशेष ध्यान दिन अनुरोध:कुनै पनि कारण सार्बजनिक खरिद नियमावलीको नियम ९ क) बमोजिम पहिलो पटकको सूचनामा तीन वटा सारभूत रुपमा प्रभाबग्राही नभएको दरभाउपत्र पेश हुनआएको अवस्थामा पुन:दोश्रो पटक सूचना प्रकाशन गरिने र प्रथम पटक प्रभाबग्राही भएका निबेदनहरु दोश्रो पटकका लागि स्वत: मुल्यांकनमा समाबेश गरिने हुँदा सबै निबेदनकर्ताहरुलाई मूल शिलबन्दी भित्र दररेटलाई अलग खामबन्दी (डबल खामबन्दी) बनाई पेश गर्नुहुन जानकारी सहित अनुरोध गरिन्छ ।
  • शिलबन्दी दरभाउपत्रनिबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी निबेदनहरु खोल्न खरिद तथा मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा निवेदकहरु सबैले चतरा अस्पतालको फेसबुक पेज र वेबसाइट save गरी राख्नुहुन अनुरोध गरिन्छ ।
  • निबेदन दस्तुर:प्रति खरिद सूचनाको लागि रु. एक हजार रुपैया (फिर्ता नहुने गरी) लाग्नेछ । रु. एक हजारको निबेदन दस्तुरले एक मात्र खरिद सूचनामा शिलबन्दी पेश गर्न पाईनेछ । हरेक शिलबन्दी सूचनाहरुको अलग अलग रुपमा मुल्यांकन प्रकृया अघि बढ्ने छ ।
  • जमानत रकम:सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम ६) बमोजिमको माथि तोकिए बमोजिमको जमानत रकम अस्पतालको बिल काउन्टरमा बुझाएर वा अस्पतालको तपशिलको बैंक खातामा दाखिला गरेको भौचर वा बाणिज्य बैंकबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैंक जमानत (बैंक ग्यारेन्टी) को सक्कलै शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । हरेक खरिद सूचनामा तोकिएका बैंक जमानत रकमको सोहि बमोजिम बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । तर यसै अस्पतालका साबिकका आपूर्तिकर्ताहरुको हकमा भने निजहरुलाई यसै अस्पतालद्वारा तिर्न बाँकी (दायित्व) रकम भएमा सोहि रकमबाट नै तोकिए बमोजिमको रकम रोक्का रहने गरि निजहरुले यस अस्पताललाई सम्बोधन गरी सक्कल निबेदन पेश गरेमा सो निबेदनलाई नै जमानत (ग्यारेन्टी) मानिनेछ ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु:अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै खरिद सूचना अनुसारको निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र, माथि उल्लेख भए बमोजिमको जमानत रकम खुलेको सक्कल बैंक जमानत वा यसै अस्पतालको लागि सम्बोधन गरि लेखिएको निबेदनको सक्कल प्रति र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
  • कबोल दररेट:आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका सामाग्रीहरुको अनुसूची/अनुसूचीहरुको पूर्ण रुपमा भरिएको आधिकारिक दस्तखत छाप सहितको प्रति ईकाईको कबोल दररेट स्पष्ट रुपमा पेश गर्नुपर्नेछ । प्रति ईकाई दररेट उल्लेख गर्दा प्याकेटिंग अनुसार फरक पर्नेहरुको हकमा सो प्याकेटिंग कैफियतमा उल्लेख गर्नुपर्नेछ अन्यथा सो दररेट सबै किसिमका प्याकेटिंगका लागि मानिनेछ । सम्बन्धित अनुसूचिमा भएका सबै केमिकल/सामाग्री/ डेन्टल सर्जिकल अनिवार्य रुपमा कबोल रकम पेश गर्नुपर्नेछ ।
  • मेसिन सहित सम्झौता भएका साबिकको उपकरण एबम केमिकल लगाएत:अस्पतालमा ल्याब/एक्सरेमा सम्बन्धित मेसिनहरुमा प्रयोग हुने केमिकल तथा फिल्महरु सहितको मुल्यांकन भई सम्झौता भएका मेसिनहरुमा यस सूचना मार्फत माग भएको केमिकल फिल्म तथा सामाग्रीहरु खरिद गर्न अस्पताल बाध्य हुनेछैन । त्यसरी उपकरण सहित सम्झौता भएका केमिकल एबम फिल्म लगाएतका सामाग्रीहरु साबिक कै सम्झौता अनुसार खरिद हुनेछन् । अस्पतालमा रहेका मेसिनहरुको नाम/कम्पनि/विवरण/मोडेल पनि अनुसूचीमा जानकारीको लागि राखिएको छ । आपूर्तिकर्ताहरुले दररेट भर्दा सो उपकरणहरुमा सो केमिकलहरु मिल्ने हुनुपर्नेछ । यदि कुनै केमिकललाई अस्पतालमा भएका मेसिनहरुमा कुनै एडजस्टमेन्ट वा सेटिंग मिलाउनुपर्ने वा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखीकरण गर्नुपर्ने भएमा सो आपुर्तिकर्ताले सो कामहरु निशुल्क गरिदिनुपर्नेछ । कुनै उपकरणहरुमा सम्बन्धित मेसिन कै केमिकल तथा फिल्म लगाएतका सामाग्रीहरु प्रयोग गर्नु पर्ने अवस्थामा सोहि अनुसार नै आपूर्तिकर्ताले भर्नुपर्नेछ र उपलब्ध गराउनुपर्नेछ ।
  • गुणस्तर:अनुसूचिमा उल्लेख भएका आपूर्तिकर्ताले उपलब्ध गराउने सामाग्रीहरु नियमानुसारका गुणस्तर मापदण्ड पुरा गरेका हुनुपर्नेछ, कुनै सामाग्री गुणस्तरहिन भएको गुनासो आएको अवस्थामा आपूर्तिकर्तालाई एक पटक जानकारी पश्चात स्पष्टिकरण सोधि नसिहत दिईनेछ तर पुन गुणस्तरहीन सामाग्री उपलब्ध गरेमा आपूर्तिकर्ताको बैंक ग्यारेन्टी जफत गरी नियमानुसारको कारबाही प्रक्रिया अघि बढाईनेछ । कुनै सामाग्रीहरुको गुणस्तरमा समस्या लागेमा अस्पतालद्वारा राज्यका आधिकारिक सम्बन्धित गुणस्तर मापन निकायहरुमा आपूर्तिकर्तालाई जानकारी नदिई परिक्षणका लागि पठाउन सक्नेछ, र सम्पुर्ण लागत आपुर्तिकर्ताले नै बेहोर्नु पर्नेछ ।
  • सामाग्रीको ढुवानी समय:अस्पतालद्वारा माग भए बमोजिमको समयमा माग भए बमोजिमको परिमाणमा आपूर्तिकर्ताले सामाग्री आपूर्ति गर्नुपर्नेछ । एक हप्ताको समय सहितको तीन पटक सम्म सामाग्री माग गर्दा समेत आपूर्तिकर्ताले सम्झौता भएका सामाग्रीहरु आपूर्ति नगरेमा/गर्न नसकेमा निजको बैंक ग्यारेन्टी जफत गरी नियमानुसारको कारबाहीको लागि प्रक्रिया अघि बढाईनेछ । अनुसूचिमा उल्लेखित केमिकल लगाएतका सर्जिकल सामाग्रीहरु यस अस्पताल सम्म ढुवानी र आवश्यक परेमा जडान/Installation र कर्मचारीहरुलाई आवश्यक Orientation निशुल्क रुपमा गर्नुपर्नेछ । आपूर्तिकर्ताले कम्तिमा हप्तामा एक पटक नियमित रुपमा आपूर्ति गर्ने व्यवस्था गर्नुपर्नेछ । अस्पतालद्वारा माग गरिए बमोजिमको परिमाणमा बोलपत्रदाताले आपूर्ति गर्नुपर्नेछ । अस्पतालसम्मको ढुवानी निशुल्क हुनुपर्नेछ । ढुवानीका समयमा सामाग्रीहरुमा कुनै पनि कारणबश क्षति भएमा अस्पताल कुनै पनि बहानामा जिम्मेवार हुनेछैन । अस्पतालमा औषधि ग्रहण (रिसिभ) गर्दाका समयमा सामाग्री कुनै पनि किसिमले प्रयोगका लागि योग्य नभएमा त्यसको जबाफदेही अस्पताल हुनेछैन र त्यस्ता सामाग्री फिर्ता गरिनेछ ।
  • केमिकल/सर्जिकलहरुको म्याद र फिर्ता हुनुपर्ने शर्त:आपूर्तिकर्ताले आपूर्ति गर्ने केमिकल/सर्जिकलहरुको म्याद कम्तिमा १८ महिनाको हुनुपर्नेछ, केमिकल/सर्जिकलको म्याद गुज्रिन भन्दा तीन महिना अगाडी वा बोलपत्रदातासंग सहमत हुने समयावधि केमिकल/सर्जिकल/ डेन्टल सर्जिकल खपत नभएमा फिर्ता पठाईनेछ र त्यसरी फिर्ता गरिएका औषधि/केमिकल/सर्जिकलहरुको खरिद बराबर कै रकम आपूर्तिकर्तालाई भुक्तानी दिन बाँकी रकमबाट कट्टी गरी भुक्तानी गरिनेछ ।
  • सम्झौता भएका केमिकल/ डेन्टल सर्जिकल सामग्रीहरु उपलब्ध गराउन नसकेमा जरिवाना हुने:आईटम वाईज छनौट भई सम्झौता भएका केमिकल/सर्जिकलहरु आपूर्तिकर्तालाई एक हप्ताको समय सहितको अधिकतम तीन पटक सम्म गरी २१ (एक्काईस) दिनसम्मको म्यादसम्म केमिकल/सर्जिकल/ डेन्टल सर्जिकल अनिवार्य रुपमा माग भएको परिमाणमा आपूर्ति गर्नुपर्नेछ, माग भएको परिमाण बमोजिम निर्धारित २१ दिनसम्ममा आपूर्ति नभएमा/हुन नसकेमा/नगरेमा सम्झौता बमोजिम जरिवाना गरिनेछ/हुनेछ ।
  • बैकल्पिक केमिकल/सर्जिकल सामाग्रीहरु:यस सुचनामा उल्लेख गरेको अनुसूची अनुरुपको केमिकल लगाएतका सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबोल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले कुनै माग गरिएका केमिकल लगाएतका सामग्रीहरु भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि विवरण/किसिम सहितको ईकाई दररेट सहित कबोल मुल्य खुलाएर बैकल्पिक रुपमा पेश गर्न सकिनेछ ।
  • आईटम वाईज स्वीकृत:अनुसूचिहरुमा उल्लेख सामाग्रीहरु आईटम वाईज स्वीकृत गरिनेछ । कुनै केमिकल/सामाग्रीहरु प्रतक्ष्य रुपमा एकअर्कासंग अनिवार्य सम्बन्धित भएकाहरुको हकमा सोलाई एकमुष्ट मुल्यांकन गरिनेछ । कुनै आपूर्तिकर्ताको कुनै एक मात्र केमिकल/ /सर्जिकल/ डेन्टल सर्जिकल छनौट भएमा पनि सोहि अनुसारको कार्यसम्पादन जमानत सहित सम्झौता गर्नुपर्नेछ, अन्यथा हालको शिलबन्दी जमानत रकम जफत गरिनेछ/हुनेछ ।
  • कबोल अंक र अक्षर:निबेदनमा ल्याब केमिकल लगाएतको प्रति ईकाई दर (per unit costs of reagents) कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
  • भुक्तानीको बिषय:
  • चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाँकी रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • शिलबन्दीनिबेदन दर्ताको तरिकाहरु:
  • प्रथम तरिका: अस्पतालको प्रशासन शाखामा आएर:ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
  • दोश्रो तरिका: हुलाक रजिस्टर्ड मार्फत:ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पष्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
  • तेश्रो तरिका: ईमेल मार्फत:ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति शिलबन्दी निबेदन दस्तुर रु.१,०००/- (प्रति शिलबन्दी एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान गरि pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ । तर आपूर्तिकर्तालाई सकेसम्म स्वयं उपस्थित भई, त्यसपछी हुलाक रजिस्टर्ड मार्फत र कुनै बिशेष कारण प्रथम र दोश्रो बिकल्पद्वारा नमिलेको अवस्थामा मात्र इमेल गरि शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ । साथै कुनै कारण ईमेल मार्फत निबेदन पेश गर्नुहुने आपूर्तिकर्ताहरुले जमानत रकम भने अस्पतालको खातामा नै Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला गरेको भौचरको प्रतिलिपि पेश गरेको हुनुपर्नेछ, यसरी अस्पतालको खातामा जमानत रकम दाखिला नगरी पेश हुन आएका ईमेल मार्फतका निबेदनहरु मुल्यांकनमा समाबेश हुनेछैनन् ।
  • निबेदन दस्तुरवा जमानत रकम बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा Mobile banking वा बैंक दाखिला मार्फत भुक्तानी गर्न सकिनेछ ।

          बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी

   खाताको नाम: चतरा अस्पताल             English मा: Chatara Aspatal

   खाता नं: २१६०१००००४६६८००१        English मा: 2160100004668001

 

  • पुन: सूचना गर्न सकिने:निवेदकहरुद्वारा प्रस्ताब गरिएको कबोल रकम अस्पतालद्वारा तयार गरिएको अधिकतम खरिद मुल्य भन्दा बढी भएमा ति केमिकल/सर्जिकल/डेन्टल सर्जिकल छनौट गरिनेछैनन् र तीनीहरुका लागि पुन:सूचना प्रकाशन गरिनेछ । अस्पतालद्वारा निर्णय भएको केमिकल/सर्जिकल/डेन्टल/ सर्जिकल प्रति ईकाई अधिकतम खरिद मुल्यका सम्बन्धमा बोलपत्रदाता/निवेदकको कुनै दाबि/बिरोध लाग्ने छैन ।
  • शिलबन्दी दरभाउ स्वीकृत (पूर्ण वा आंशिक) तथा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ता छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र व्यवस्थापन समितिमा निहित रहनेछ ।
  • आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
  • साथै कोहि व्यक्ति वा संघ/संस्था वा आपुर्तीकर्ताद्वारा चतरा अस्पताललाई माथि उल्लेखित उपकरणहरु सौजन्य गर्न ईच्छुक भएमा अस्पतालको सर्तको अधिनमा रहि मेसिन तथा केमिकल को दर रेट पेश गर्नुहुन समेत जानकारी गरिन्छ र थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९७६९७०३४६५ वा ९८६२८१२०४० वा ९८०४०८०७६७ वा chatarahospital@gmail.com वा  website:chatarahospital.p1.gov.np वा  https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]