०४ बैशाख २०८३, शुक्रबार

                  बिषय: करार सेवामा लिने बारे सूचना ।

 बिज्ञापन नं: ०-२०८२/०८३

    प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/०८/२२ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

निम्न

क्र.स. आवश्यक कर्मचारीको पद तह समुह संख्या निबेदन दिने समय कै.
रेडियोग्राफर पाचौ रेडीयोग्राफी मिति २०८२/०८/२२ गते देखि २०८२/०९/०७ गते दिनको ४:०० बजे सम्म

१) न्युनतम योग्याताः

क) क्र.स.नं “१”: मान्यता प्राप्त संस्थाबाट रेडियोग्राफर बिषय उतिर्ण गरी नेपाल स्वास्थ्य ब्यवसायी परिषदमा दर्ता भएको र नेपाली नागरिक हुनुपर्नेछ।

 

२) पेश गर्नुपर्ने कागजपत्रहरु:     माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ

 

(३) आबेदन शुल्कक्र.स. “१”  को लागि रु. ५०० (पाच सय ) आबेदन शुल्क लाग्नेछ ।

४) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।

५) सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।

 

६) निबेदन दर्ताको तरिका :निवेदनको फर्म  https://chatarahospital.p1.gov.np/details/download  बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन साखा बाट लिन सकिने छ ।

 

क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।

 

ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।

ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी

    १) खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal

    २) खाता नं: २१६०१००००४६६८००१  English मा: 2160100004668001

 

७) परीक्षा र अन्तर्बार्ता सम्बन्धि सूचना  यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।

 

८) ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।

कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।

 

नोट: थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११, ९७६९७०३४६६,९८६२८१२०४०,मा सम्पर्क गर्नु हुन अनुरोध छ

 

 

                                      ………………..

 

डा. सौरभ वाग्ले

                                    नि.मे.सु. चतरा अस्पताल

 

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका बराहक्षेत्र -६ चक्रघट्टी सुनसरी , यस सुचना नगरपालिकाको सुचना पाटि फेसबुक साइट,र वेव साइटमा प्रकाशन गरिदिनुहुन अनुरोध छ ।
  • श्री १ र २ नं वडा कार्यालय ,बराहक्षेत्र नगरपालिका सुनसरी , सुचना पाटीमा टास गरिदिनु हुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]