०४ बैशाख २०८३, शुक्रबार


वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा तपशिल बमोजिमको सेवाग्राहीहरुको तथ्याकं अभिलेखीकरण अनुसार देखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) २०८२ वार्षिक बैशाख देखि चैत्र सम्म: जम्मा OPD सेवाग्राहीहरु: ८३,३२२ जना, नियमित OPD सेवाग्राहीहरु: १४,४२२ जना (१७.३१%) र अतिरिक्त OPD सेवाग्राहीहरु: ६८,९०० जना (८२.६९%)
…………………..
डा. नवीन अधिकारी
नि.मे.सु, चतरा अस्पताल
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ।
२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७:०० बजेदेखि बिहानको १०:०० बजेसम्म, दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म र सार्बजनिक बिदाको दिनको बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
३) जम्मा ओ.पि.डी. सेवाग्राही संख्या भन्नाले बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. टिकट काटी सेवा लिनुहुने ओ.पि.डी. सेवाग्राहीको कुल संख्या रहेको छ । ईमर्जेन्सी विभागका सेवाग्राहीहरु यस विवरणमा समाबेश गरिएका छैनन् ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]