प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ।
उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।





