०९ साउन २०८३, शनिबार

यस अस्पतालका लागि आ.व २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरू तथा सेवाहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति फर्म संस्था वा कम्पनीहरूवाट सार्वजनिक खरिद नियमावली २०६४ संशोधन  सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम मौजुदा सुची दर्ता गर्नको लागि सम्बन्धीत सबैमा यो सुचना प्रकाशित गरिएको छ ।

  • खरिद आपूर्ती तथा मर्मत सम्बन्धी
  • स्टेशनरी कार्यालय सामान तथा मसलन्द सामानहरूको आपुर्ति कार्य ।
  • इलेक्ट्रोनिक्स (ए.सी. फ्रिज, कम्प्युटर, प्रिन्टर) सामानहरू सप्लाई तथा मर्मत  सम्बन्धीत कार्य ।
  • पुस्तक तथा पत्रपत्रिका छपाई एबम सप्लाई गर्ने कार्य ।
  • सवारी साधन (गाडि) / जेनेरेटर मर्मत सम्भार सम्बन्धीत कार्य ।
  • विद्युतिय सामानहरू आपुर्ति तथा मर्मत सम्बन्धी कार्यहरू ।
  • निर्माण हार्डवयर प्लविङ्ग तथा रगंरोगन कार्यहरू र अन्य निर्माण सामाग्रीहरू सप्लाई तथा मर्मत    सम्बन्धी  कार्य ।
  • इन्टरनेट सेवा सुचीकृत फर्म तथा सप्लायर्सहरू इन्टरनेट जडान सम्वन्धीत कार्य ।
  • एक्सरे फिल्म, ल्याव केमिकल सप्लायर्स सम्वन्धी कार्य गर्न ।
  • एक्सरे इ.सि.जि. अल्ट्रासाउण्ड, माइकोस्कोप, डेण्टल ,ल्याब लगायत सम्पुर्ण उपकरणको स्पेयर्स पार्टहरू मर्मतको लागि ।
  • औषधीका सामानहरू/औपधीहरू/सर्जिकल/ सामानहरू खरिद गर्न ।
  • मेडिकल उपकरणहरू सम्बन्धि सामाग्री खरिद गर्न ।
  • अस्पताल संग अन्य सेवा हरू ।

)निबेदन साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू

  • फर्म वा कम्पनि दर्ता प्रमाण पत्र तथा नविकरणको प्रतिलिपि ।
  • मुल्य अभिबृधि कर (VAT) तथा स्थायी लेखा नं (PAN NO.) को प्रतिलिपि ।
  • कर चुक्ताको प्रमाण पत्र ।
  • प्रोपाइटरको नागरिकताको प्रतिलिपि ।
  • कालो सुचिमा नपरेको स्वघोषणा पत्र ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]