श्री सम्पूर्ण सेवाग्राहीज्यूहरू,
बिषयः निःशुल्क औषधि ब्यवस्थापन बारे।
प्रस्तुत विषयमा चतरा अस्पताल व्यवस्थापन समिति बैठकको निर्णय नं. ३ बमोजिम, मिति २०८३/०३/३० गतेदेखि नेपाल सरकारबाट निःशुल्क वितरण हुने सुगर, उच्च रक्तचाप, मुटुरोग, ज्वरो, झाडापखाला लगायतका अत्यावश्यक औषधिहरू नगरपालिका मार्फत उपलब्ध हुने मौज्दातले सेवाग्राहीहरूको आवश्यक माग पूरा गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले साविक बमोजिम तपशिल बमोजिम उल्लेखित औषधिहरू २०८२ पौष मसान्तसम्म अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन गरी सेवाग्राहीहरूलाई वितरण गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
तपशिलः
………………………
डा. किरण श्रेष्ठ
कार्यलय प्रमुख
चतरा अस्पताल
बोधार्थः फार्मेसी विभाग (चतरा अस्पताल)।