विषयः लागत अनुमान प्रयोजनार्थ दर रेट माग सम्बन्धमा ।
(सूचना प्रकाशन मितिः २०८३/०४/०९ गते)
प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.व.: २०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीहरूका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम स्थानीय बजारमा प्रचलित मूल्यको आधारमा लागत अनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मूल्य भन्दा बढी नहुने गरि तपसिल बमोजिमका अनुसूचीहरूमा उल्लेखित आइटमहरूको दररेट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र प्रमाणित दर रेट पेश गरि सहयोग गरिदिनुहुन इच्छुक सम्बन्धित सबै आपूर्तिकर्ता तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
क्र.स. अनुसूचीहरू विवरण कैफियत
१ अनुसूची -१ औषधी (स्वास्थ्य बीमा/ स-शुल्क)
२ अनुसूची -२ ल्याब केमिकल
३ अनुसूची -३ सर्जिकल सामग्री
४ अनुसूची -४ डेन्टल तथा विविध सर्जिकल
५ अनुसूची -५ चस्मा शिशा तथा फ्रेम
६ अनुसूची -६ विविध सामग्रीहरू
नोटः
• माथि उल्लेखित अनुसूचीहरूमा कम्तिमा पनि ३ वटा आपूर्तिकर्ताहरूबाट लागत दररेट उपलब्ध भइसके पछि अस्पताललाई सोही बमोजिम खरिद प्रयोजनार्थ सूचना प्रकाशन गर्न यस सूचनाले बाधा गर्ने छैन ।
• यस सूचना बमोजिम दररेट उपलब्ध गर्नुहुने सबै आपूर्तिकर्ताहरूको उपलब्ध दररेट तथा निवेदनहरू प्रचलित बजारभाउ अनुसार लागत अनुमान प्रयोजनार्थमात्र प्रयोग हुनेछ/ गरिनेछ र आधिकारिक छाप तथा दस्तखत सहित पेश गर्नु पर्नेछ।
• लागत अनुमानका लागि दररेट उपलब्ध गर्न इच्छुकहरूले अस्पतालको आधिकारिक ईमेल आई. डी, chatarahospital@gmail.com मा सम्पर्क गरी अनुसूचीको विस्तृत विवरण प्राप्त गर्न सकिनेछ।